त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास वितरण आजदेखि बन्द
२०८२ श्रावण २७ मङ्गलवार
- विमानस्थलले सूचना जारी गर्दै आजदेखि भिजिटर पास वितरण बन्द गरेको जानकारी दिएको हो ।
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भिजिटर पास वितरण बन्द गर्ने जानकारी दिएको छ ।
विमानस्थलले सूचना जारी गर्दै आजदेखि भिजिटर पास वितरण बन्द गरेको जानकारी दिएको हो ।
सूचनामा भनिएको छ- 'त्रिभुवन अन्तर्राष्ट्रिय टर्मिनल अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट आवागमन गर्नुहुने व्यक्तिगत सहायता आवश्यक पर्ने बृद्ध बृद्धा, शारीरिक रुपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुहरुका लागि सहायता कक्षको व्यवस्था गरिएको व्यहोरा विदितै छ । साथै व्हिलचेयर लगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजिकरण भैरहेको छ। चेक इन ब्यागेज संख्या र अधिकतम तौलको सीमा हवाई टिकटमा नै उल्लेख हुने भएकोले सोही व्यवस्थालाई पालना गरिदिनु हुन समेत अनुरोध गरिन्छ । यसै सन्दर्भमा यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णय अनुसार मिति २०८२/४/२७ गतेदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिस मार्फत वितरण हुँदै आएको भिजिटर पासको वितरण कार्य बन्द गरिएको व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध गरिन्छ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।