- नारायणगढ–बुटवल सडक योजनाका अनुसार सडकको कुल ११३.५३ किलोमिटर लम्बाई मध्ये हाल कालोपत्रे र ढलान गरेको सडक गरि कुल ९९.८५ किलोमिटर अर्थात झण्डै १०० किलोमिटर पक्की सडक निर्माण सम्पन्न भइसकेको छ ।
बुटवल : नारायणगढ–बुटवल सडक निर्माणको सरदार भौतिक प्रगति ७० प्रतिशत रहेको छ ।
नारायणगढ–बुटवल सडक योजनाका अनुसार सडकको कुल ११३.५३ किलोमिटर लम्बाई मध्ये हाल कालोपत्रे र ढलान गरेको सडक गरि कुल ९९.८५ किलोमिटर अर्थात झण्डै १०० किलोमिटर पक्की सडक निर्माण सम्पन्न भइसकेको छ ।
योजनाले कुल लम्बाईको झण्डै ८८ प्रतिशत पक्की सडक निर्माण सम्पन्न भइसकेको छ भने मुख्यतः दाउन्ने र घोडाहा क्षेत्रको केही भागमा पक्की हुन बाँकी रहेको जानकरी दिएको छ ।
हाल बर्षाको समय भएता पनि मौसमले साथ दिईरहेको कारण दाउन्ने क्षेत्रमा ढलानको कार्य तिब्र गतिमा भइरहेको सडक योजनाले जनाएको छ ।
यसैबीच यस सडक खण्डको म्याद अन्तिम पटक एक वर्षको लागि थप गरिएको छ । २०८२ साउन ८ गते सकिएको म्याद एक वर्ष थप गरी ०८३ साउन ७ गतेसम्मलाई थप गरिएको हो ।
नारायणगढ–बुटवल सडक योजनाले यसलाई अन्तिम पटक भनेको छ । अब २०८३ को साउन ७ गतेसम्म काम सम्पन्न गर्नुपर्ने अन्तिम समय तोकिएको छ । ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले एक वर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको सडक योजनाले जानकारी दिएको छ ।
यस सडक खण्डको सुरु ठेक्का सम्झौताअनुसार यो सडक खण्ड २०७९ साउनमै सम्पन्न भइसक्नुपर्ने थियो । तर, अहिलेसम्म पनि सडकको निर्माण सम्पन्न नहुदा हरेक दिन लाखौं यात्रुले सास्ती बेहोर्नु परेको छ । योसहित सरकारले यस सडकखण्ड निर्माणको म्याद चौथो पटक थपेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।