वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चार जना पक्राउ

१६ श्रावण, २०८२, शुक्रवार
सारांश
  • पक्राउ मध्ये अक्षयलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सुसान, प्रदिप र मञ्जुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ बस्ने २६ वर्षीय अक्षय श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका-१० बस्ने काठमाडौं महानगरपालिका-३१ घर भएका २४ वर्षीय सुसान चुडाल, काठमाडौं महानगरपालिका-१४ बस्ने सुर्खेत सिम्ता गाउँपालिका-१ घर भएका ३० वर्षीय प्रदिप हमाल र काठमाडौं महानगरपालिका-३१ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-६ घर भएका ३६ वर्षीया मञ्जु दाहाल रहेका छन् ।

 

पक्राउ मध्ये अक्षयले युके पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २७ लाख २९ हजार रूपैयाँ, सुसानले बोस्निया र हर्जगोभिना पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३६ लाख ६३ हजार रूपैयाँ, प्रदिपले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख २० हजार रूपैयाँ र मञ्जुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अक्षयलाई काठमाडौं महानगरपालिका-१३ बाट बुधबार तथा सुसानलाई काठमाडौं महानगरपालिका-३२ बाट, प्रदिपलाई काठमाडौं महानगरपालिका-२६ बाट र मञ्जुलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो ।

 

पक्राउ मध्ये अक्षयलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सुसान, प्रदिप र मञ्जुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार