- इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार प्रहरी टोलीले मंगलवार बिहान चेकजाँच गर्ने क्रममा कार रोक्न खोज्दा चालकले तीब्र गतिमा गुडाएर भागेको थियो ।
रौतहट : रौतहट प्रहरीले प्रतिबन्धित लागू औषध गाँजासहित कार बरामद गरेको छ । चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग ३ च ६८९६ नम्बरको कारबाट १ सय ३३ किलो लागू औषध गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार प्रहरी टोलीले मंगलवार बिहान चेकजाँच गर्ने क्रममा कार रोक्न खोज्दा चालकले तीब्र गतिमा गुडाएर भागेको थियो ।
प्रहरी टोलीले पछ्याउँदै जाँदा गरुडा नगरपालिका ५ झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी फेला परेको उनले जानकारी दिए । कारमा सवार व्यक्तीहरु उखुवारी हँुदै फरार भएकाले खोजी कार्य भइरहेको डिएसपी कार्कीको भनाइ छ ।
प्रहरीले क्रेनको सहायताले कारलाई बाहिर निकालेर गाँजा काँटा गर्दा उक्त परिणाममा रहेको प्रहरीले उल्लेख गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।