इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी विरोध प्रदर्शनमा
२०८२ श्रावण ०४ आईतवार
- इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता सुनिश्चित गरियोस् भन्ने माग राख्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौं : इन्जिनियरिङ अध्ययन संस्थान (इअसं) का विद्यार्थीहरुले आइतबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता सुनिश्चित गरियोस् भन्ने माग राख्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
इन्जिनियरिङ अध्ययन संस्थानको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गरियोस् भन्ने नारासहित इअसंका विद्यार्थीहरु आन्दोलनमा उत्रिएको विद्यार्थीहरुले बताए ।
प्रदर्शनमा पुगेका विद्यार्थी कुशल कठायतले भने, ‘इन्जिजियरिङ अध्ययन संस्थानमा पढाइ ठप्प भएको १२ दिन भएको छ । यसले परीक्षा सर्ने जस्ता शैक्षिक अन्योल भएको छ । विकेन्द्रीकरणले आफ्नो अधिकारभित्र रहेर निर्णय गर्ने कुरालाई केन्द्रीकरण गर्दा शैक्षिक गुणस्तर खस्किने देखिन्छ ।’
यसैगरी अर्का विद्यार्थी उज्जल भुसालले स्वायत्त इअसं हुँदा समयमा नै परीक्षा हुने र गुणस्तरीय शिक्षा प्राप्त भइरहेको बताए ।
‘इन्जिनियरिङ अध्ययन संस्थान हाम्रो पहिचान हो । यो कसैको अनुमतिका बाँच्ने संस्थान होइन । हामी अधिकार माग्न आएका हौ । समयमा नै परीक्षा, भरपर्दो प्रशासन, गुणस्तरीय शिक्षा स्वायत्तताको कुरा गर्न आएका हौं,’उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।