नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न
२०८२ असार ३२ बुधवार
- दुईवटा प्याकेजमा काम भइरहेको यस खण्डमा नागढुंगा देखि नौबिसे सड्क खण्ड अन्र्तगत १२.२ किलोमिटर र नौबिसे देखि मलेखु खण्ड अन्र्तगत ४३.५ किलोमिटर सहित कुल ५५ किलोमिटर सडक रहेको छ । जसमध्ये हाल सम्म करीब आधा अर्थात २७ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको नागढुंगा–मुग्लीन सडक आयोजनाको पूर्वी खण्डका योजना प्रमुख केशब प्रसाद ओझाले बताए ।
काठमाडौं : नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न भएको छ ।
दुईवटा प्याकेजमा काम भइरहेको यस खण्डमा नागढुंगा देखि नौबिसे सड्क खण्ड अन्र्तगत १२.२ किलोमिटर र नौबिसे देखि मलेखु खण्ड अन्र्तगत ४३.५ किलोमिटर सहित कुल ५५ किलोमिटर सडक रहेको छ । जसमध्ये हाल सम्म करीब आधा अर्थात २७ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको नागढुंगा–मुग्लीन सडक आयोजनाको पूर्वी खण्डका योजना प्रमुख केशब प्रसाद ओझाले बताए ।
उनका अनुसार यस खण्डमा पर्ने १५ वटा पुलहरु मध्ये ८ वटा पुलहरुमा गाडी नै चल्न सुरु भइसकेका छन भने यहि मसान्त सम्म बाँकी दुईवटा पुलहरुमा पनि गाडि चल्न सक्ने बनाइने छ ।
बाँकी पाँच वटा पुलहरु आगामी आव सम्म सम्पन्न गर्ने र सडक तर्फपनि आगामी आव सम्म पहिलो चरणमा सबै योजना ५५ किलोमिटर नै सम्पन्न गर्ने लक्ष्य राखीएको उनले बताए । यो सबै गरेर यस आयोजनामा हाल सम्म करीब ४४ प्रतिशत काम सम्पन्न भएको उनले बताए ।
‘पहिलो प्याकेजको मात्रै कुरा गर्दा ८४ प्रतशित काम सम्पन्न भएको छ । दोस्रो प्याकेजको चाहिँ करीब ४३÷४४ प्रतिशत भौतिक काम सकिएको छ । यस आयोजना अन्तर्गत मुख्यतया डेडिकेटेड डबल लेनको सडक निर्माण हुनेछ । यसका कतिपय खण्डहरुमा छुट्टै क्लाइमिङ लेन भनेर तिन लेनको सडक हुनेछ जसमा उकालो तर्फ जाने सवारीहरु दुई लेनमा र ओरालो तर्फ झर्ने सवारीहरु एक लेनमा सञ्चालन हुनेछन,’ उनले भने ।
बजार क्षेत्रमा भने चार देखि ६ लेन सम्म पनि सड्क विस्तार हुने बताइएको छ । गल्छी बैरेनी क्षेत्रमा भने पानी परेपछि एकदमै खाल्डो हुने हिलो हुने भएकाले गत वर्षको हिउँद देखि युद्धस्तरले काम गरेर धुलो र हिलो मुक्त भएको उनले बताए । यद्यपी, अझैं यसका केहि कामहरु बाँकी रहेपनि दोहोरो गाडी हिँड्न सक्ने दुई किलोमिटर केक्रिट पेमेन्ट बाट नै निर्माण सम्पन्न गरिसकेका छौं र अबको बर्खामा चाहिँ यात्रुहरुले हिलो खेप्नुपर्ने छैनभने हिउँदमा पनि धुलो खेप्नु नपर्ने उनको भनाई छ ।
‘गतवर्षको मनसुनमा यस सड्क खण्डमा भएको सवारी दुर्घटनाले निकै ठुलो क्षती पु¥याएको थियो । झ्याप्ले खोलमा भएको दुर्घटनामा ३५ जनाको ज्यानपनि गएको थियो । उक्त खण्डमा समेत पहिरो रोकथाम गर्नकालागि माइक्रो पायललिङ, होरिजेन्टल सोयल एन्करेज गर्ने जस्ता नयाँ प्रबिधिहरु ल्याएर कामहरु अघि बढाएका छौं । अबको दुई सता जतिमा उक्त क्षेत्रमा हामीले पुर्ननिमाणको काम सम्पन्न गर्ने छौं । यसबाहेक महेश खोलाको कटान र परेवा भिर लगायत स्थनामा पनि पहिरो रोकथामका लागि तिब्र गतिमा काम भइरहेको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।