२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता
२०८२ असार २६ विहिवार
- असार २५ गते बिहान १० बजेदेखि असार २६ गते बिहान १० बजेसम्मको अवधिमा सबैभन्दा धेरै बाढी र पहिरोका घटना दर्ता भएका छन् ।
काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद् सम्बन्धी घटनाहरू दर्ता भएका छन् । यस अवधिमा चार जनाको मृत्यु, ६ जना बेपत्ता र ६ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
असार २५ गते बिहान १० बजेदेखि असार २६ गते बिहान १० बजेसम्मको अवधिमा सबैभन्दा धेरै बाढी र पहिरोका घटना दर्ता भएका छन् । बाढीका कारण १ जनाको मृत्यु, ५ जना बेपत्ता र ५ जना घाइते भएका छन् भने पहिरोका कारण १ जनाको मृत्यु, १ जना बेपत्ता र १ जना घाइते भएका छन् ।
चट्याङ लागेर २ जनाको ज्यान गएको छ । त्यस्तै, आगलागी, जनावर आक्रमण लगायतका घटनाहरू समेत रिपोर्ट भएका छन् । यस अवधिमा चौपाया ९ वटा मरेका छन् भने करिब ३८ लाख ३७ हजार ४ सय रुपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको अनुमान गरिएको छ ।
यस अवधिमा प्रहरी र उद्धार टोलीहरू गरी ४९८ जना परिचालित भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १९१ जना घाइते
-
अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी
-
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, कृषि उत्पादनमा ७.८ प्रतिशतले गिरावट
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’