हराएका व्यक्तिको खोज र उद्धार कार्यलाई निरन्तरता दिने विपद व्यवस्थापन परिषद्को निर्णय
२०८२ असार २५ बुधवार
- असार २४ गते रसुवागढीमा आएको आकस्मिक बाढीबाट मानवीय तथा भौतिक क्षति भएको भन्दै बैठकले मृतकप्रति श्रद्धाञ्जली, पीडित परिवारप्रति समवेदना तथा हराएका व्यक्तिको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिएको कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले बताए ।
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको बैठकले रसुवागढीमा गएको भीषण बाढीका पीडितप्रति श्रद्धाञ्जली प्रकट गर्दै पुनःनिर्माण र राहत कार्यमा जोड दिनका लागि महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।
असार २४ गते रसुवागढीमा आएको आकस्मिक बाढीबाट मानवीय तथा भौतिक क्षति भएको भन्दै बैठकले मृतकप्रति श्रद्धाञ्जली, पीडित परिवारप्रति समवेदना तथा हराएका व्यक्तिको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिएको कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले बताए ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय परिषद्को १८ औं बैठकले नेपाल–चीन जोड्ने मितेरी पुल पुनःनिर्माण तथा अवरुद्ध सडक सुचारु गर्न चीन सरकारसँग समन्वय गर्न आग्रह गरेको छ । साथै, बैठकले वैकल्पिक नाका तथा राजमार्गहरूलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।
बाढीले क्षति पुर्याएका भन्सार, जलविद्युत आयोजना तथा अन्य पूर्वाधारहरूको शीघ्र मर्मत गरी सेवा पुनः सञ्चालन गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ । व्यवसायीहरूलाई परेको क्षतिको आँकलन अर्थ मन्त्रालयले गर्नेछ ।
यस्तै, मृतक तथा बेपत्ताका परिवारलाई प्रचलित कानुनअनुसार राहत उपलब्ध गराउने तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न समेत बैठकले निर्देशन दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।