काठमाडौंमा आँप महोत्सव प्रतिकिलो चार लाख पर्ने आँप प्रदर्शनमा

२०८२ असार १३ शुक्रवार
सारांश
  • वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन कृषिमन्त्री रामनाथ अधिकारीले गरे । महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् ।

काठमाडौं : काठमाडौंको लाजिम्पाटमा तीन दिने आँप महोत्सव (‘नेपाल म्याङ्गो फेस्ट २०२५) सुरु भएको छ । 


वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन कृषिमन्त्री रामनाथ अधिकारीले गरे । महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् ।  


नेपाली आँपको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा आँप खाने प्रतियोगिता समेत राखिएको छ  ।


कार्यक्रममा जापानबाट आयात गरिएको अत्यन्तै महँगो ‘ताईयो नो टोमागो’ जातको आँप पनि प्रदर्शन गरिएको छ । जसको मूल्य प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँसम्म पर्ने बताइएको छ ।


महोत्सवमा नेपाली किसानबाट प्रत्यक्ष किनमेल गर्न मिल्ने माल्दा, दशहरी, जरदा, किसानबोग, कलकतियालगायत पाँच भन्दा बढी प्रजातिका आँप प्रदर्शनमा छन् । 


महोत्सवमा २० भन्दा बढी परिकार र पेयपदार्थहरू सहकार्य गरेका रेस्टुरेन्टहरूमा राखिएको छ । 


यसमा  पानीपोखरी स्थित वाल्टुन बिस्ट्रो, स्वयम्भू स्थित एचटुओ क्याफे र झम्सिखेलस्थित वाट्रिङ होल नामक तीन रेस्टुरेन्टहरु सहभागी छन्  ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार