दोरम्बा शैलुङको टोकरपुरमा पहिरोले गाई–बाच्छा पुर्यो, पाँच घर जोखिममा
२०८२ असार ०९ सोमवार
- अविरल वर्षापछि आएको पहिरोले स्थानीय चेली बसेलको गोठ पुर्दा गोठभित्र रहेका एक गाई र एक बाछो मरेका छन् ।
रामेछाप : रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको चिहान खोलामा गएराति आएको पहिरोले गाई–बाच्छा पुर्नुको साथै बस्ती जोखिममा परेको छ ।
अविरल वर्षापछि आएको पहिरोले स्थानीय चेली बसेलको गोठ पुर्दा गोठभित्र रहेका एक गाई र एक बाछो मरेका छन् ।
पहिरोका बारण स्थानीय झगरसिं बसेलको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । क्षतिग्रस्त संरचनाबाट परिवारलाई सकुशल निकालिएको भएपनि सम्पत्ति तथा आश्रय गुमाएका परिवार अहिले बिचल्लीमा परेको छ ।
१२ घरको बस्ती रहेको चिहानखोलामा पहिरोका कारण अन्य पाँच घर उच्च जोखिममा रहेका गाउँपालिकाले जनाएको छ । पहिरोको जोखिम कायमै रहेकाले ती घरका परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।
घटनापछि गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान, उपाध्यक्ष खमला थपा, स्थानीय जनप्रतिनिधि तथा नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
भौगोलिक रूपमा भिरालो र कमजोर भू–सन्तुलन भएका कारण बर्सेनि पहिरोको जोखिम झेल्दै आएको सो क्षेत्रको लेखर्क बस्तीमा गएको वर्ष भदौ महिनामा पहिरो जाँदा १० जनाको ज्यान गएको थियो । यस वर्ष पनि पहिरो चल्न सुरु भएपछि स्थानीय त्रसित भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’