उर्जा मन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट
२०८२ जेठ २९ विहिवार
- सिंहदरबारस्थित उर्जा मन्त्रालयमा आज भएको भेटमा विश्व बैँकले नेपालका जलविद्युत क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको हो । भेटमा उर्जामन्त्री खड्काले नेपालका जलविद्युत आयोजनामा विश्व बैँकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे ।
काठमाडौँ : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग विश्व बैँक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित उर्जा मन्त्रालयमा आज भएको भेटमा विश्व बैँकले नेपालका जलविद्युत क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको हो । भेटमा उर्जामन्त्री खड्काले नेपालका जलविद्युत आयोजनामा विश्व बैँकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे ।
उनले अप्पर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनको कार्यलाई चाँडो टुङ्गोमा पु¥याउन समेत विश्व बैँकसँग आग्रह गरे । यस्तै, विद्युतको आपूर्ति सुदृढीकरण गर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो । भेटमा विश्व बैँकका क्षेत्रीय निर्देशक गुप्ताले विश्व बैँकले अप्पर अरुण जलविद्युत आयोजनालाई विश्व बैँकले प्राथमिकतामा राखेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’