इटहरीस्थित तिरुपति प्लाइउड उद्योगमा भीषण आगलागी, नियन्त्रणमा चुनौती

२०८२ जेठ १४ गते बुधवार
सारांश
  • इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आगो नियन्त्रणका लागि मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जन दमकल बिहानैदेखि खटिएका छन् । दमकल टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मी पनि आगो नियन्त्रणमा जुटेका छन् ।

विराटनगर : सुनसरी–मोरङ औद्योगिक कोरिडोर अन्तर्गत इटहरी–१२ मा अवस्थित तिरुपति प्लाइउड उद्योगमा गएराति भीषण आगलागी भएको छ । राति साढे २ बजेबाट सुरु भएको आगो नियन्त्रणमा आउन सकेको छैन ।


इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आगो नियन्त्रणका लागि मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जन दमकल बिहानैदेखि खटिएका छन् । दमकल टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मी पनि आगो नियन्त्रणमा जुटेका छन् ।


तर उद्योगभित्र प्लाइउड उत्पादनमा प्रयोग हुने काठ, केमिकल, कागजलगायत अत्यन्तै ज्वलनशील सामग्रीहरू भएकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।


प्रहरीका अनुसार उद्धार र नियन्त्रण कार्य अझै जारी छ र आवश्यक सुरक्षात्मक सावधानी अपनाउँदै अग्निनियन्त्रणको प्रयास भइरहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार