- सोही क्रममा उनले ग्वार्को फ्लाई ओभरको काम जेठको अन्तिमसम्ममा सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेको बताए ।
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्को फ्लाई ओभरको अनुगमन गरेका छन् । आइतबार उनले ग्वार्को फ्लाई ओभरको अवस्थाबारे स्थलगत अनुगमन गरेका हुन् ।
सोही क्रममा उनले ग्वार्को फ्लाई ओभरको काम जेठको अन्तिमसम्ममा सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेको बताए ।
उनले भने, ‘ फ्लाई ओभरको काम कर्मचारीहरुले पनि हेर्नुपर्ने थियो । तर सुरुमा समस्या केही देखिएन् । पछि गएर समस्या देखियो । त्यसैले पुनः तलैदेखि बनाउनु पर्ने अवस्था आयो । जसका कारण ढिला भयो । ढिलै भएपनि परिणाम राम्रै आएको छ । अब जेठको अन्तिमसम्ममा काम सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने हाम्रो तयारी छ ।’
निर्माण कम्पनीले जेठभित्रै दुवैतर्फको ¥याम्प अर्थात फ्लाइओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको संरचनामा कालोपत्रे सकिने र लगत्तै गाडी गुडाउने तयारी गरेको छ ।
ठेकेदार कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले फ्लाइओभरको कोटेश्वरतर्फको ¥याम्पमा बिहीबारदेखि नै प्राइम कोट बिछ्याउन सुरु गरेको छ । सातदोबाटोतर्फको ¥याम्पमा भने ग्राभेल गरेर ‘बेस कोर्स’ बनाउने काम भइरहेको छ । ओभरपास सम्पन्न गर्न १७ करोड ६ लाख ८८ हजारमा ठेक्का लागेको हो ।
सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो । त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी कम्पनीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो ।
यस्तै, मन्त्री दाहालले प्राकृतिक विपद्को लागि मन्त्रालय पूर्ण रुपमा तयार रहेको पनि बताए । उनले भने, ‘प्रकृतिसँग सम्झौता गरेर अगाडि बढ्नुपर्छ । ठूलै वर्षा र बाढी आउने कुरा हाम्रो मुद्दा होइन तर हामी तयारमा छौं । त्यस्तो समस्या आयो भने तुरुन्तै सडकलाई खुला गर्नेगरि अगाडि बढ्ने र नरोकिने अवस्था सिर्जना गर्ने गरि काम गर्छौ ।’
वीपि राजमार्गको काम तोकेको समयभित्र पूरा गर्ने हिसाबमा अगाडि बढेको पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’