साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक–उद्योग सहकार्यका लागि सम्झौता
२०८२ बैशाख ३० मंगलबार
- ललितपुरमा आयोजित एक विशेष समारोहका क्रममा साइम कलेजका प्राचार्य अशोकराज पाण्डे र टोक्मा टेक्नोलोजिजका निर्देशक सागर आङदेम्बेले आ–आफ्नो संस्थाका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
काठमाडौं : शैक्षिक संस्थाहरू र प्राविधिक उद्योगबीचको सहकार्यलाई सुदृढ गर्दै साउथ एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौताले नेपालमा सीप विकास, अनुसन्धान, र प्राविधिक नवप्रवर्तनलाई प्रवर्धन गर्ने लक्ष्य राखेको छ ।
ललितपुरमा आयोजित एक विशेष समारोहका क्रममा साइम कलेजका प्राचार्य अशोकराज पाण्डे र टोक्मा टेक्नोलोजिजका निर्देशक सागर आङदेम्बेले आ–आफ्नो संस्थाका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त हस्ताक्षर कार्यक्रममा साइम कलेजका कार्यक्रम निर्देशक सुमन्त गुरुङ पनि साक्षीका रूपमा उपस्थित थिए ।
यो सम्झौताअनुसार, विद्यार्थीहरूका लागि इन्डस्ट्रीसँग सम्बन्धित इन्टर्नशिप, संयुक्त अनुसन्धान परियोजना, पाठ्यक्रम सुदृढीकरण, कार्यशाला, विशेषज्ञद्वारा सञ्चालित सत्र, ह्याकाथन, तथा नवप्रवर्तन चुनौतीहरू आयोजना गरिनेछ, जसले विद्यार्थीलाई व्यावहारिक ज्ञानमा दक्ष बनाउनेछ ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघका उपाध्यक्ष तथा (नेपालको एक समर्पित साइबर सुरक्षासम्बन्धी कम्पनी) का प्रमुख कार्यकारी अधिकृत चिरञ्जीबी अधिकारीले यस सहकार्यलाई ‘प्रभावकारी पहल’ का रूपमा व्याख्या गरे ।
उनले भने, ‘साइम कलेज र टोक्मा टेक्नोलोजिजको यो सहकार्यले नेपालका युवाहरूलाई उद्योगमै काम गर्न सक्ने क्षमतासहित तयार गर्नेछ ।’ उनको अनुसार, यो कदम नेपाललाई आइटी हब बनाउने राष्ट्रिय उद्देश्यसँग मेल खान्छ ।
साइम कलेजका प्राचार्य अशोकराज पाण्डेले वर्तमान शिक्षा प्रणालीमा उद्योगसँगको सहकार्यको महत्व उल्लेख गर्दै भने, ‘यो समझदारी हाम्रो विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्ने र भविष्यको डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धी बनाउने दिशामा महत्वपूर्ण पाइला हो ।’
सम्झौता तीन वर्षका लागि प्रभावकारी हुनेछ र परस्पर सहमतिमा विस्तार गर्न सकिनेछ। यस सम्झदारीले दुवै पक्षका जिम्मेवारीहरू तोकेको छ । साइम कलेजले इन्टर्नशिप र प्रोजेक्टका लागि विद्यार्थी सिफारिस गर्ने, आवश्यक शैक्षिक सहयोग तथा पूर्वाधार उपलब्ध गराउने, र संयुक्त परियोजनाका लागि संकायसँग समन्वय गर्नेछ ।
त्यसैगरी, टोक्मा टेक्नोलोजिजले इन्टर्नशिप र अनुसन्धान परियोजनाको अवसर प्रदान गर्ने, विद्यार्थी तथा संकायलाई उद्योगसम्बन्धी मार्गदर्शन र विशेषज्ञ सत्रहरू सञ्चालन गर्ने, तथा पाठ्यक्रम समिक्षामा सहभागी भई संयुक्त कार्यक्रम आयोजना गर्नेछ ।
दुवै संस्थाले यो सहकार्यले अनुसन्धान प्रवर्धन, उद्यमशीलता विकास, र विद्यार्थीलाई रोजगारीको लागि सक्षम बनाउने विश्वास व्यक्त गरेका छन् । यस सहकार्यले नेपालका शैक्षिक संस्था र प्राविधिक उद्योगबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवाका विभिन्न क्षेत्रमा बाढीपछि अवरुद्ध भएको विद्युत पुन: सुचारु
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।