विल्सन विक्रम भन्छन् : टोक्मा एप चलाएर देशको पैसा देशमै राखौं
२०८२ वैशाख २९ सोमवार
- लन्च कार्यक्रममा बोल्दै टोक्मा एपले डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल विद्युत प्राधिकरणका निवर्तमान निर्देशक कुलमान घिसिङले बताए ।
काठमाडौं : टोक्मा टेक्नोलोजीले नयाँ एप लन्ज गरेको छ । सोमबार काठमाडौंका विषेश कार्यक्रमको आयोजना गरी टोक्मा एप लन्च गरिएको हो ।
लन्च कार्यक्रममा बोल्दै टोक्मा एपले डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल विद्युत प्राधिकरणका निवर्तमान निर्देशक कुलमान घिसिङले बताए ।
उनले यस्ता टेक्नोलोजीले हाम्रा कामहरुमा सहजता ल्याउने बताए । ‘बेरोजगारी युवा, स्कुल पढ्दै गरेका विद्यार्थीहरुलाई यसले रोजगारीको अवसर दिन्छ । एपले नेपालको डिजिटल क्षेत्रमा सहयोग पुग्नेछ । यस्ता टेक्नोलोजीले दैनिक क्रियाकलापहरु, काममा सहज ल्याउने काम गर्नेछ,’ उनले भने ।
यस्तै अभिनेता विल्सन विक्रम राईले विदेशका एपहरु पैसा तिरेर चलाइरहेको भन्दै स्वदेशी पैसा विदेशतिर गएको भन्दै एपले देशको पैसा देशमा राखेर रोजगारको अवसर दिने बताए ।
यस्तै टोक्मा टेक्नोलोजीका निर्देशक सागर आङदेम्बेले एपमा चारवटा फिचर रहेको भन्दै यसले यात्रुहरूलाई सुरक्षित र भरपर्दो सेवा दिने बताए । यसमा ट्राभल, सवारी, गाइड, साथी सेवा र सुरक्षा गार्ड सेवा सबै एकै ठाउँमा उपलब्ध रहेको उनले जानकारी दिए ।
‘टोक्मा एप हाम्रो संस्कृति र प्रविधिको राम्रो संयोजन हो । यो एपले यात्रुहरूलाई सुरक्षित र भरपर्दो सेवा दिन्छ । यसमा ट्राभल, सवारी, गाइड, साथी सेवा र सुरक्षा गार्ड सेवा सबै एकै ठाउँमा उपलब्ध छन् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’