किराँत समुदायले आज उभौली पर्व मनाइँदै

२०८२ वैशाख २९ सोमवार
सारांश
  • किराँत समुदायले मनाउने उभौली र उधौली पर्व कृषि उन्मुख पर्वहरू हुन् । जसले सम्पूर्णतया कृषि र बालीको जनाऊ दिने गर्छन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ ।

काठमाडौं : प्रकृतिका पुजारी किराँत समुदायमा आज उभौली पर्व मनाइँदै छ । वैशाख पूर्णिमाका दिन अन्नबाली सप्रियोस, राम्रो बाली लागोस, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यस समुदायले उभौली पर्व मनाउँछन।


किराँत समुदायले मनाउने उभौली र उधौली पर्व कृषि उन्मुख पर्वहरू हुन् । जसले सम्पूर्णतया कृषि र बालीको जनाऊ दिने गर्छन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने पर्वका रुपमा मनाइन्छ । उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।


उभौलीका अवसरमा चण्डी नाच गरिने भएकाले आजको दिन चण्डी पूर्णिमाको रुपमा पनि लिइन्छ । चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन हो । 


आजै, चण्डेश्वरी जात्राको औपचारिक सुरुवात भएको छ । विशेषतः काठमाडौं नजिकैको बनेपा र आसपासका क्षेत्रमा चण्डेश्वरी जात्रा प्रचलनमा छ । 


यस जात्रामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलिपल्ट देवीको मूर्तिलाई रथमा राखेर लिएर फर्कने चलन छ । वैशाख शुक्ल पूर्णिमाको दुई दिनदेखि भव्यरुपमा चण्डेश्वरी जात्रा मनाउने गरिन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार