स्थानीय जनप्रतिनिधीको मिलिमत्तोमा एकल महिलाको सम्पत्ति हडप्न खोजेको आरोप
२०८१ बैशाख २८ आइतबार
- आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पीडित अन्जु केसीले आफूलाई न्यायको लागि सघाउनुको सट्टा अध्यक्षदेखि अदालतका कर्मचारीसम्मको मिलेमतोमा थप पीडा दिएकोसमेत गुनासो गरेकी छन् ।
काठमाडौं : रौतहटको चन्द्रपुर नगरपालिका–२ नम्बर वडाका अध्यक्ष दुत्तबहादुर थिङ ४ का वडाअध्यक्ष रवि रानामगरले अख्तियारीको दुरुपयोग गरेर एकल महिलामाथि अन्याय गरेको आरोप लागेको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पीडित अन्जु केसीले आफूलाई न्यायको लागि सघाउनुको सट्टा अध्यक्षदेखि अदालतका कर्मचारीसम्मको मिलेमतोमा थप पीडा दिएकोसमेत गुनासो गरेकी छन् ।
रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडबेला निवासी अन्जु केसीले आफू एकल भएकाले स्थानीय सरकारदेखि अदालतका कर्मचारीसम्मले सहानुभूतिको सट्टा अन्याय गरेको आरोप लगाइन् । आफ्नो नाममा आइसकेका जमिनहरु पनि अध्यक्षहरुको योजनामा आफूले भोगचलन गर्न नदिएको उनको गुनासो छ ।
उनले भनिन्,‘मैंले सम्मानित रौतहट जिल्ला अदालतबाट न्याय पाउँदा पनि दुई र चार वडाका अध्यक्षहरु र अदालत कर्मचारीहरुको मिलिमत्तोमा फैसला कार्यान्वयन नगरि घुस मागिरहेका छन् ।’
आफ्नो करोडौंको जग्गा जमिन हडप्न सबै एकजुट भएपछि आफू न्यायको लागि काठमाडौं नै आउनु बाध्य भएको बताउदै केसीले भनिन्,‘विवाह गरेको १३ वर्षमै श्रीमान गुमाएँ, १८ वर्षको जेठो छोरो गुमाए अहिले मेरो जीवन दाउमा छ । कान्छो छोरा जोगाउन गाह्रो परेको छ, मेरो अगाडि पछाडी कोही छैन, अब न्याय कसरी पाउने ?’ ‘कहाँ जान्छ, के गर्छ भनेर चिओचर्चा गर्नेहरु हात धोएर लागेका छन्, मेरो अकालमा हत्या भयो भने यीनै सम्बन्धित व्यक्तिहरु जिम्मेवार हुनेछन्’,उनले थपिन् ।
कतै उपाय नलागेपछी मिडियामार्फत आफ्नो जीवन रक्षा र अदालतबाट फैसला भइसकेको आदेश कार्यान्वयनको लागि आमरुपमा गुहार माग्नु परेको केसीले बताईन् ।
चन्द्रपुर नगरपालिका न्यायीक समिति, रौतहट जिल्ला अदालत, २ र ४ नम्बर वडालगायत सम्बन्धित निकायहरुबाट न्याय र बाँच्न पाउने अधिकारको रक्षाको आशा मरिसकेकोले नेपाल सरकार र सर्बोच्च अदालतलाई पनि उनले ध्यानाकर्षणसमेत गरेकी छन् ।
पत्रकार सम्मेलनमा माओवादी युवा नेता सोनाम घिसिङले आफू सम्बन्धित स्थानमा गएर सो विषयमा बुझ्दा स्थानीय जनप्रतिनिधी र सरकारी कर्मचारीहरुको मिलिमत्तोमा पीडितको सम्पत्ति हडप्ने प्रपञ्च रचेको स्पष्ट देखेको बताए ।
अर्का युवा नेता चन्द्र बहादुर तामाङ(बसन्त)ले पीडितको तर्फबाट प्रेस विज्ञप्ति वाचन गर्दै आफूहरुले रौतहटमा न्याय दिलाउन नसक्ने अवस्था देखिसकेपछी काठमाडौंमा आएर पत्रकार सम्मेलन गराएको बताए ।
के हो विषय बस्तु ?
रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडबेला निवासी अन्जु केसी एकल महिला हुन् ।
करिब ४ वर्षपहिले चन्द्रपुर ४ का श्यामसुन्दर काफ्लेका दम्पत्तिले क्यान्टिन ब्यवसाय गर्न दिने भनि उनिबाट ८ लाख रुपैयाँ लिएपनि व्यवसाय गर्न नदिएपछी रकम फिर्ता माग्न जाँदा उल्टै ज्यान मार्ने धम्किसम्म दिएको उनले बताईन । सो विषय अदालतमा पुग्दा सम्मानित रौतहट जिल्ला अदालतले साँवा र ब्याज गरी १२ लाख भराउने एकलौटी फैसला गरेको र सो बराबरको निज श्यामसन्दर काफ्लेको छोरा आरुश काफ्लेको नाममा रहेको २ कित्ता जग्गा लिलाम गराउने फैसला गरेको थियो ।
त्यसबापत अदालतकै कर्मचारीले लिलाम सकार्न भनि १२ लाख रकम भर्न लगाएका थिए । सो रकम अन्जुको छोरा राजु जिम्बाको नामबाट अदालतमा १२ लाख जम्मा गराएकी थिइन् । तर रकम भरिसकेपछि अदालतका कर्मचारीहरु तहसिलदार दुर्गा कार्की, प्रकाश सुवेदी, विन्देश्वरी साह तथा वडाअध्यक्ष रवि रानामगर र श्यामसुन्दार काफ्ले परिवारको मिलेमत्तोमा तोकेको र काफ्ले परिवारले जायजाद गरेको कित्ता नम्बरको जग्गा लिलाम नगरी अर्कै जग्गा लिलाम गरेकोरहेछ । छोरा राजु जिम्बाकोनाममा पूर्जा बनाउने आदेशअनुसार मालपोत कार्यालय रौतहटबाट पूर्जा पनि लिइन् । तर जब पूर्जा लिएर जमिन भोगचलन गर्न जाँदा छोराको नाममा आएको जग्गा भेटिएन ।
त्यसपछी उनीहरुले स्थानीय सरकार, अदालत प्रतिनिधि, प्रहरी–प्रशासन र स्थानीयहरुसँग गुहार गरी छलफल गर्दा भोलिपल्ट १० बजे तोकिएकै जग्गा लिन–दिन दुबै पक्षलाई अदालत बोलाईयो । तर काफ्लेपरिवार तथा वडा प्रतिनिधि अदालत आउनुको सट्टा आरुश काफ्लेको जग्गा आरुशकै फूपुदिदीको नाममा पास गर्न लागेका रहेछन्, सो जग्गा अहिले पीडितले रोक्का गरेकी छन् । एकल महिलालाई वडा अध्यक्षसहित सम्बन्धित सबै निकायले अधिकारबाट बञ्चित गराउन विभिन्न जालझेल तथा षड्यन्त्र त गरे नै यो मुद्धामा केसीलाई करिब ६० लाख रकमको ऋणले थिचेर मर्नु न बाँच्नुको दोसादमा पुर¥याएको जनाउँछिन् ।
भने आर्कोतिर चन्द्रपुर वडा नम्बर २ मा पनि अदालतका कर्मचारी र वडा अध्यक्ष दुत्त बहादुर थिङको मिलेमतोमा उनको नाममा आइसकेको झण्डै आधा करोडको जग्गा पनि भोकचलन गर्न दिइएको छैन । सोही वडा अध्यक्ष थिङकै योजनामा पीडित महिलालाई उल्टै तीनवटा मुद्धा हालेर थप पीडा दिईरहेको छ ।
यसरी एक्ली महिलालाई राज्यका सम्पूर्ण शक्तिहरु एकजुट भई उनको नैसर्गिक अधिकारबाट बञ्चित गराउँदा न्यायका आशा र बाँच्न पाउने अधिकारको रक्षा हुन्छ भन्ने भरोषा टुटेको बताइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।