पूर्वमन्त्री प्रदीप नेपालको निधन

२३ बैसाख, २०८२, मंगलवार
सारांश
  • पार्किन्सन रोगबाट थलिएका पूर्वमन्त्री प्रदीप नेपालको ७१ बर्षको उमेरमा निधन भएको छ ।

काठमाडौँ, २३ वैशाख । पार्किन्सन रोगबाट थलिएका पूर्वमन्त्री प्रदीप नेपालको ७१ बर्षको उमेरमा निधन भएको छ ।

 

थापाथलीस्थित नर्भिक अस्पतालमा नेपालको मंगलबार अपरान्ह निधन भएको हो ।

एमालेका नेता एवं पूर्वसंचार तथा सूचना प्रविधिमन्त्री नेपाल प्रगतिशील साहित्यकार पनि हुन् । उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए।

 

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गोठाटार काँडाघारी निवासबाट नर्भिकस्थित आइसीयुमा उपचारका लागि ल्यााइएको थियो। पाँच दशकभन्दा बढि समय कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका नेपाल वैचारिक नेता थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार