नेपाली विद्यार्थीको मृत्युपछि भारतीय विदेश मन्त्रालयले भन्यो :‘निरन्तर सम्पर्कमा छौं’
२०८२ वैशाख १९ शुक्रवार
- वीरगन्जकी साहको बिहीबार केआईआईटीको होस्टेलमा मृत अवस्थामा भेटिएकी थिइन् । नेपालस्थित भरतीय दूतावासले सार्वजनिक गरेको भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गरिएको छ ।
काठमाडौं : भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको विषयमा भारतीय विदेश मन्त्रालय ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेर अनुसन्धान गरिरहेको जनाएको छ ।
वीरगन्जकी साहको बिहीबार केआईआईटीको होस्टेलमा मृत अवस्थामा भेटिएकी थिइन् । नेपालस्थित भरतीय दूतावासले सार्वजनिक गरेको भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गरिएको छ ।
‘भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयकी नेपाली विद्यार्थीको दुःखद निधनले हामी अत्यन्तै दुःखी भएका छौं । यस कठिन घडीमा हामी शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं,’ विज्ञप्तिमा अगाडि भनिएको छ,‘ यस दुःखद घटनाबारे जानकारी प्राप्त भएदेखि नै विदेश मन्त्रालय ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ । ओडिशा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र ओडिशा प्रहरीले हाल यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।’
भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको सकुशलता, सुरक्षा र हितलाई निकै गम्भीरताका साथ लिएको पनि विज्ञप्तिमा भनिएको छ । ‘हामी यस विषयबारे तत्कालै सूचना आदानप्रदान तथा समन्वयलाई सुनिश्चित गर्न नेपाली अधिकारीहरु, ओडिशा राज्य सरकार साथै केआईआईटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा छौं,’ विज्ञप्तिमा भनिएको छ ।
केआईआईटीमा कम्प्युटर विज्ञानकी स्नातक प्रथम वर्षकी १८ वर्षीय छात्रा प्रिसा बिहीबार मृत अवस्थामा भेटिएकी थिइन् । बिहीबार (वैशाख १८) साँझ प्रिसा कलेज होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसअघि गत फागुनमा सोही ठाउँमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएकी थिइन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।