इँटा उद्योगहरुलाई व्यवस्थित र वातावरणमैत्री बनाउन समझदारी

२०८२ वैशाख १६ मंगलवार
सारांश
  • रिजर्भ कार्बन कम्पनी लिमिटेड, कोरिया वेस्टर्न पावर कम्पनी लिमिटेड, एनएच इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज कम्पनी लिमिटेड, आइएनएनओ सिएसआर कम्पनी लिमिटेड र स्थानीय नगरपालिका, नेपाल निर्माण व्यवसायी संघ, व्यक्तिगत इँटाभट्टा र वातावरणमैत्री निर्माण सामग्री उत्पादक संघ नेपाल बीचको आधिकारिक समझदारी पत्र हस्ताक्षर भएको हो ।

काठमाडौं : नेपालका इँटा उद्योगहरुलाई व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यले कोरिया र नेपालका विभिन्न संस्थाहरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 


रिजर्भ कार्बन कम्पनी लिमिटेड, कोरिया वेस्टर्न पावर कम्पनी लिमिटेड, एनएच इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज कम्पनी लिमिटेड, आइएनएनओ सिएसआर कम्पनी लिमिटेड र स्थानीय नगरपालिका, नेपाल निर्माण व्यवसायी संघ, व्यक्तिगत इँटाभट्टा र वातावरणमैत्री निर्माण सामग्री उत्पादक संघ नेपाल बीचको आधिकारिक समझदारी पत्र हस्ताक्षर भएको हो । 


मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि उक्त कम्पनीहरु बीच  आधिकारिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।


यो सम्झौता पत्रले नेपालमा कम कार्बन उत्सर्जन गर्ने वातावरणमैत्री इँटा उत्पादनको लागि अन्तर्राष्ट्रिय न्यूनीकरण परियोजना सहकार्यमा एक महत्वपूर्ण कोसेढुङ्गा बन्ने अपेक्षा गरिएको छ । 


यस्तो समझदारीले कम कार्बन भएका इँटा उत्पादन प्रविधिहरूमा संक्रमणलाई सहज बनाउन, दिगो निर्माण अभ्यासहरूलाई प्रवद्र्धन गर्न र विश्वव्यापी जलवायु प्रतिबद्धताहरूमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । वातावरणमैत्री इँटा उद्योगहरुको स्थापनामा कोरियन कम्पनीहरुले सहयोग गर्ने जनाएका छन् । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार