- हेटौंडा अस्पताल सुधारका लागि पटक पटक ध्यानाकर्षण पत्र बुझाएका अभियन्ताहरुको माग सुनुवाई नभएको भन्दै गत बुधवार हेटौंडाका अभियन्ताहरुले प्रतिष्ठानको बोर्ड हटाएर हेटौंडा अस्पतालको बोर्ड राखेपछि विवाद चर्किएको थियो ।
हेटौंडा : मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताल छुट्टाछुट्टै हुनु पर्ने मागसहित हेटौंडाबासीले चरणबद्ध रुपमा आन्दोलन तथा हस्ताक्षर संकलन गर्दै आएका थिए ।
हेटौंडा अस्पताल सुधारका लागि पटक पटक ध्यानाकर्षण पत्र बुझाएका अभियन्ताहरुको माग सुनुवाई नभएको भन्दै गत बुधवार हेटौंडाका अभियन्ताहरुले प्रतिष्ठानको बोर्ड हटाएर हेटौंडा अस्पतालको बोर्ड राखेपछि विवाद चर्किएको थियो ।
विवाद चर्किएपछि बोर्ड परिवर्तन गर्नेलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई निर्देशन दिएको र प्रहरीले बिभिन्न राजनीतिका दलका नेतालाई समन्वय गरिरहेको बुझिएको छ ।
तर प्रहरीले बोर्ड परिवर्तन गर्ने हेटौडाका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई सर्वपक्षीय भेला भनी बोलाएर दिनभर होल्ड गराएपछि हिरासतमा राखिएका ति युवाहरु हिरासत भित्रै अनसन बसेका छन् ।
हिरासतमा रहेका ६ जनाले नै हेटौंडा अस्पताल मकवानपुर जनताको अस्पताल भएको दाबी गर्दै आइरहेका छन् । नेपाल तरुण दल हेटौंडा नगर सभापति सुनिल गिरीले आन्दोलन आम मकवानपुरबासीको भएकाले हिरासतकक्षमा समेत अनसन बसेर आन्दोलन गरिरहेको जानकारी दिए ।
सर्वपक्षीय भेला गर्ने बहानामा प्रहरीले उनीहरुलाई अन्तिम समयमा नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा राखेको बताइएको छ । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरिसकेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।