आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

२५ चैत्र, २०८१, सोमवार
सारांश
  • कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

काठमाडौं, २५ चैत । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

 

यस्तै, महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै, रातिमा भने देशभर मौसम मूख्यतया सफा रहनेछ । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार