- बुधबार प्याबसनको कार्यालय तिनकुनेमा आयोजित एक समारोहकाबीच १६ औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुले सपथग्रहण गरेको हो ।
काठमाडौं : निजी विद्यालयका छाता संगठन प्याबसनको नवनिर्वाचित समितिका पदाधिकारीहरुले सपथग्रहण गरेको छ ।
बुधबार प्याबसनको कार्यालय तिनकुनेमा आयोजित एक समारोहकाबीच १६ औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुले सपथग्रहण गरेको हो ।
सपथग्रहणपछि निर्विरोध नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीले असाध्यै शान्त र राम्रो तरिकाले निर्वाचन सम्पन्न भएको जानकारी दिए ।
उनले भने,‘असाध्यै शान्त र राम्रो तरिकाले निर्वाचन भएको थियो । राम्रो राम्रो साथिहरु छानिएर आउनुभयो । जो छानिनुभएन उहाँहरु पनि असल हुनुहुन्थ्यो ।’
त्यस्तै उनले पहिलो प्राथमिकता शिक्षा विधेयक नै रहेको र विधेयकमा विद्यालयहरु कम्पनिमा नै रहनुपर्ने कुरालाई समेट्नुपर्ने मुद्दा रहेको बताए ।
उनले भने,‘हाम्रो सम्पति कम्पनिमा नै रहोस् । पुस्तान्तरण होस् भन्ने हामी चाहान्छौं । हामीसँग विभिन्न मुद्दाहरु छन् । किन्ने सामानहरुमा बढि कर तिरेको छौं । त्यसबारे सरकारमा कुरा राख्नेछौं । पहिलो प्राथमिकता हाम्रो शिक्षा विधेयक नै हो । हाम्रा विद्यालय कम्पनिमा रहनुपर्छ । भन्ने पहिलो मुद्दा हो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १९१ जना घाइते
-
अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी
-
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, कृषि उत्पादनमा ७.८ प्रतिशतले गिरावट
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’