- नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ती जारी गर्दै माग सम्बोधन नभएकाले आजदेखि थप विरोधका कार्यक्रमहरु गर्न लागेको जनाएको छ ।
काठमाडौं: नेपाल एलपी ग्यास उद्योग संघले पाँच बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ती जारी गर्दै माग सम्बोधन नभएकाले आजदेखि थप विरोधका कार्यक्रमहरु गर्न लागेको जनाएको छ ।
यस अघि नेपाल एलपी ग्यास उद्योग संघबाट माघ ३० गतेका दिन उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रीको समुपस्थितिमा नेपाल आयल निगमका संचालक समिति पदाधिकारीहरु, निगमका पदाधिकारीहरु र नेपाल एल पि ग्यास उद्योग संघका पदाधिकारीहरु विच भएको छलफलले माग संवोधन सम्बन्धमा मन्त्रीबाट गृहकार्य गर्न थप १५ दिनको समय माग गर्दै फागुन १५ गते बुधवारसम्मको लागि विरोधका कार्यक्रमहरु स्वगीत गरिएको थियो ।
तर हाल सम्म केही निष्कर्ष नआएको हुँदा विरोधका कार्यक्रमहरु पुनः संचालन गर्नुपरेको एलपी ग्यास उद्योग संघले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
यस्ता छन् विरोधका कार्यक्रमहरु
१. २०८१÷११÷१८ गतेदेखि पिडिओ एम्त्त नउठाउने नबनाउने।
२. २०८१÷११÷२४ गतेदेखि रिफाइनरीबाट लोडिङ नगराउने ।
३. २०८१÷१२÷०१ गतेदेखि भन्सारबाट बुलेट नछुट्याउने ।
४. २०८१÷१२÷०७ गतेदेखि उद्योगहरुबाट ग्यासको विक्री वितरण बन्द गर्ने ।
५. २०८१÷१२÷११ गतेदेखि डिलरहरुबाट ग्यासको विक्री वितरण बन्द गर्ने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’