- नाग्म गमगढी सडकखण्ड अन्तरगत मुगुको छायाँनाथ रारा नगरपालिका ०७ स्थित सात मेडमा रहेको सडकखण्डमा अत्याधिक हिमपातको कारण बाटो अवरोध भएको छ ।
मुगु : मुगुलगायत हिमाली जिल्लामा शुक्रबार विहानदेखि परेको हिउँ पानीका कारण जनजीवन प्रभावित भएको छ ।
नाग्म गमगढी सडकखण्ड अन्तरगत मुगुको छायाँनाथ रारा नगरपालिका ०७ स्थित सात मेडमा रहेको सडकखण्डमा अत्याधिक हिमपातको कारण बाटो अवरोध भएको छ ।
बाटो खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले आफ्नो आधिकारिक फेसबुक पेजबाट स्थानीय नागरिक र सरोकारवाला सबैलाई जानकारी गराएको छ ।
जिल्लाको एक मात्र हवाई सेवा रहेको ताल्चा बिमानस्थलमा दैनिक उडान गरिरहेका जहाजहरु पनि हिउँ पानीका कारण अवरुद्ध रहेको नेपाल नागरिक उड्डयन कार्यालय ताल्च मुगुले जनाएको छ ।
नाग्म गमगढी सडक बन्द हँुदा यात्रु, दैनिक उपभोग्य सामान, निर्माण सामग्री बोकेका सवारी साधनहरु जुम्लाको बुलबुले, गोठिज्युला, नाग्म क्षेत्रमा थन्किएको मुगु उद्योग वाणिाज्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले बताए ।
हिउँपातसहित पानी परेपछि स्थानीय कृषकहरू हिउँदे अन्नबाली र फलफूल राम्रो हुने भएको भन्दै खुशी भएका छन् । तर चिसो बढेकाले बालबालिका र बृद्धबृद्धालाई असर परेको छ ।
जिल्लाको माथिल्लो भुवाग मुगु, डोल्फु, माग्री, मह, पुलु, रोवा, सोभो, सोरुकोट, धैनकोट, खमाले, लमेरा, कोटिलालगायतका बस्तीहरुमा बाक्लो हिमपात भइरहेकाले गाईबस्तु चरिचराउ गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।