मह जोडीले दिए प्रष्टीकरण: हामीले धर्म बिरोधि काम गरेका छैनौं
२०८१ फागुन ०८ विहिबार
- आज पुन: कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ फेसबुक मार्फत भिडियो संदेश मार्फत प्रष्टीकरण दिएका छन्।
काठमाडौँ: अमेरिकी सहयोग युएसएड रोकिएपछि यसले नेपालमा व्यापक चर्चा पाईरहेको छ साथै विभिन्न कोणबाट टिका टिप्पणि भैरहेको छ।
अमेरिकाले नास्तिकता फैलाउन युएसएड मार्फत काम भएको स्विकारेपछि नेपालमा पनि यसको सहयोगमा नास्तिकता फैलाउने र धर्म बिरोधि कामहरू गरेको आरोपहरू लागिरहेका छन्। विशेष गरेर मह संचार (मह जोडीको) चलचित्रहरूले हिन्दु धर्म र संस्कृतिलाई मजाकको विषय बनाएको र चलचित्र मार्फत धर्म संस्कृतिलाई अपमान हुने खालका दृश्यहरू समेटिएको भनेर यतिबेला सामाजिक संजालमा व्यापक चर्चा भैरहेको छ ।
यस सन्दर्भमा केहि दिन पहिले कलाकार हरिवंश आचार्यले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत एक पोष्ट जारी गर्दै प्रष्टीकरण दिएका थिए। आज पुन: कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ फेसबुक मार्फत भिडियो संदेश मार्फत प्रष्टीकरण दिएका छन्।
मदन कृष्ण श्रेष्ठ भन्छन "हामीले धर्म बिरोधि कामहरू गर्यौं भनेर अनर्गल प्रचार भैरहेको छ।" उनि भन्छन "हिजो आज सामाजिक संजलाहरूमा मह जोडीले युएसएडको पोइसा लिएर धर्म बिरोधि कामहरू गरेको, धर्म बिरोधि कुराहरू प्रचार गरेको, त्यो किसिमको अनर्गल प्रचार भैरहेको छ। यसले हामीलाई चित्त दुखाएको छ। हामी सबैलाई आफ्नो हितैसी सम्झिन्छौँ। आफ्नो हितैसिहरूबाट नै यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको छ।"
उनि भन्छन "संसारमा राम्रा कुराहरू पनि छन्, नराम्रा कुराहरू पनि छन। त्यसमा राम्रो राम्रो कुराहरू छानेर कामहरू गर्दै आएका छौं।"
त्यस्तै आफुले गरेका जनचेतनामुलक चलचित्रको स्मरण गर्दै श्रेष्ठ भन्छन "कुष्ठरोग सम्बन्धि कुराहरू, क्षयारोगहरू सम्बन्धि कुराहरू भयो। ति कुनै अधर्म सम्बन्धि कुराहरू होइनन। हाम्रो कुनै पनि टेलिफिल्म पुरा हेरेर जाच्नु भए हुन्छ। कुनै पनि नचाहिने कुराहरू गरेका छैनौं।"
आचार्यले चलचित्र छायांकनको क्रममा मठ मन्दिर जाने गरेको कुरा स्मरण गरेका छन्। उनि भन्छन "यो अनर्गल प्रचार आउनु भन्दा पहिले नै फिल्मको शुभारम्भ पुजाआजा गरेर गरेका थियौं।" उनि थप्छन, "युएसएडको सहयोगमा मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने, र विभिन्न किसिमका खोपका कार्यक्रमहरू गरेका छौं। ति सबै युटुबमा किताव जस्तै छर्लंगै हुने गरेर राखेका छौं, तपाईहरूले एक एक गर्दै हेर्न सक्नुहुन्छ । त्यहाँ कहिँ पनि हामीले सनातन हिन्दु धर्म, बौद्ध धर्म र अरु कुनै पनि धर्मको बिरोध गरेका छैनौं।"
संजालमा भईरल भैरहेको सराध्ये फिल्मको उल्लेख गर्दै आचार्य भन्छन "पण्डित भन्दैमा भगवान हुँदैन, बिरोध गर्न पाईन्छ। म पनि पण्डितकै छोरो हुँ, र व्यंग भनेको नेतालाई पनि गर्न पाईन्छ, पण्डितलाई पनि गर्न पाईन्छ, पुलिसलाई पनि गर्न पाईन्छ, डाक्टर वकिल सबैलाई गर्न पाईन्छ। सामाजिक संजालमा सबैभन्दा गालि गलौच यहि सराध्ये भन्ने फिल्मले पाएको थियो।
अन्त्यमा आचार्य भन्छन "हामी हाम्रो काममा निरन्तर लागिरहन्छौं, नेपाली जनातालाई यस्ता भ्रामक कुराहरूको विश्वास नगरिदिनुहुन अनुरोध गर्दछौं।"
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’