हेटौंडा उपमहानगरपालिकाले बिहीबारबाट फोहोर उठाउन छाड्यो
२०८१ माघ २९ गते मंगलवार
- हेटौंडाका मुख्य बजार क्षेत्रका सबै वडाहरु र ग्रामीण भेगका जनघनत्व बढी भएका वडाहरुबाट गरी दैनिक २६ टनभन्दा बढी फोहोर संकलन हुने गरेको थियो ।
हेटौंडा: हेटौंडा उपमहानगरपालिकाले हाल फोहोर व्यवस्थापन गरिरहेको स्थानमा फोहोर नफाल्न उच्च अदालत पाटन हेटौंडाले अन्तरीम आदेश जारी गरेसँगै गत बिहीबारबाट फोहोर उठाउन छाडेको छ ।
हेटौंडा उपमहानगरपालिकाले गत बिहीबार बिहान एक सूचना जारी गर्दै फोहोर फाल्ने वैकल्पिक स्थान नभएकाले अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहार संकलन र व्यवस्थापनको कार्य स्थगित गरिएको जनाएको छ । उपमहानगरपालिकाले फोहार नउठाउने सूचना जारी गरेसँगै फोहोर संकलन र व्यवस्थापनको जिम्मा पाएको ग्रीन एण्ड क्लिन सिटी सर्भिसेजले फोहोर उठाउन बन्द गरेको हो ।
हेटौंडाका मुख्य बजार क्षेत्रका सबै वडाहरु र ग्रामीण भेगका जनघनत्व बढी भएका वडाहरुबाट गरी दैनिक २६ टनभन्दा बढी फोहोर संकलन हुने गरेको थियो । फोहोर संकलन बन्द गरिएसँगै घरभित्रै र सडकमा फोहोर थुप्रिएर वातावरण दूर्गन्धित हुने खतरा छ । हेटौंडा उपमहानगरको व्यवस्थित र दीर्घकालीन डम्पिङ साइटको निर्माण नभएकोमा हेटौंडा–१० स्थित सिसौघारी नजिकै राप्ती खोला किनारमा फोहोर व्यवस्थापन गर्दै आइएको छ ।
फोहोर व्यवस्थापन अव्यवस्थित भएको र नकुहिने फोहोरलाई आगो लगाएर वातावरण प्रदूषण गरिएको भन्दै योगेन्द्र प्रसाद उपाध्यायले उच्च अदालत हेटौंडा इजलाशमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमाथि न्यायाधीश डा. निर्मला पौडेल भट्टराईले मंगलबार अल्पकालीन अन्तरीम आदेश जारी गरेकी हुन् ।
‘वातावरण प्रदूषण जस्तो संवेदनशील विषयमा अन्तरिम आदेशसमेत माग गरिएकाले विपक्षीबाट हेटौंडा–१० स्थित गोरक्षश्वर मन्दिरभन्दा दक्षिणतर्फ राप्तीतटमा फोहोर नफाल्नू, फोहोर फाल्न नलगाउनू भनी विपक्षीहरुका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’ उच्च अदालत पाटन हेटौंडा इजलाशबाट जारी आदेशमा भनिएको छ ।
उच्च अदालत पाटन हेटौँडा इजलासले माघ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । हेटौँडा उपमहानगरपालिकाले २०२६ सालदेखि फोहोर व्यवस्थापन गर्दै आएको डम्पिङ साइटमा पहिलोपटक फोहोर फाल्न रोक लगाइएको हो । ग्रीन एण्ड क्लिन सिटी हेटौँडाका सञ्चालक नवराज खतिवडाले फोहोर संकलनको काम हाललाई आदेशबमोजिम स्थगित गरिएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।