आज तीनवटा संसदीय समितिको बैठक बस्दै

२०८१ माघ १३ गते आईतवार
सारांश
  • विधायन व्यवस्थापन समितिको बैठक दिनको १ बजे सिंहदरवारमा बस्दैछ ।

काठमाडौं: आइतबार संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ ।


जसअनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक  विहान ११ः३० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि  छलफल गरिनेछ । 


यसैगरी विधायन व्यवस्थापन समितिको बैठक दिनको १ बजे सिंहदरवारमा बस्दैछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुदैछ ।


यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्दैछ । बैठक बिहानको साढे ११ बजे समिति हलमा बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा छलफल गरिनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार