कांग्रेस पूर्वपदाधिकारी बैठक : संसद अधिवेशनमा एकढिक्का भएर सामना गर्ने

२०८१ माघ १२ गते शनिबार
सारांश
  • शनिबार बसेको उक्त बैठकले मन्त्री र दुई दलले बनाएको समयन्त्रबारे छलफल गरिएको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।


काठमाडौं :  नेपाली कांग्रेसको पूर्व पदाधिकारी बैठकले दुई दलले बनाएको  संयन्त्रबारे छलफल गरेको छ ।


शनिबार बसेको उक्त बैठकले मन्त्री र  दुई दलले बनाएको  समयन्त्रबारे  छलफल गरिएको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताए । 


उनले भने, ‘हाम्रा मन्त्रीज्यूहरु र सरकारले जुन संयन्त्र बनाएको छ त्यसबारे समीक्षा भयो । दुई दलले बनाएको संयन्त्रले के गरिरहेको छ र सँगसंगै अध्यादेश जुन आएको छ त्यसको औचित्यका विषयमा तथा समग्रमा सरकार कसरी गइरहेको छ भन्ने विषयमा छलफल भएको छ ।’


यसैगरी लामो समयदेखि संसदमा विचाराधिन रहेका विधेयकहरुलाई आउँदो अधिवेशनमा तदारुकताका साथ पास गर्ने विषयमा पनि पूर्वपदाधिकारी बैठकमा छलफल गरिएको छ ।


कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आगामी संसद अधिवेशनमा पेस हुने विधेयकका विषयमा छलफल भएको जानकारी दिए । उनले कांग्रेसका मन्त्रीहरुको काम कारवाहीका विषयमा पनि समीक्षा भएको बताए। 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार