लोसपाका केन्द्रीय सदस्यहरू जसपामा प्रवेश

२०८१ माघ १२ गते शनिबार
सारांश
  • शनिबार पर्साको वीरगन्जमा आयोजित एक कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य तथा मधेश आन्दोलनका अगुवा पर्साको बहुदरामाई नगरपालिका–९ का स्थानीयवासी जटाशंकर गुप्तालगायतको टोली जसपा प्रवेश गरेको हो ।

विरगन्ज (पर्सा) :  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । 


शनिबार पर्साको वीरगन्जमा आयोजित एक कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य तथा मधेश आन्दोलनका अगुवा पर्साको बहुदरामाई नगरपालिका–९ का स्थानीयवासी जटाशंकर गुप्तालगायतको टोली जसपा प्रवेश गरेको हो ।


यसैगरी लोसपाकै केन्द्रीय सदस्य एवं वीरगंज–५ निवासी अवस्थित जोशी जनता समाजवादी पार्टी (जसपा)मा प्रबेश गरेका छन् ।


नव प्रवेशीहरूलाई जसपाका केन्द्रीय अध्यक्ष अशोककुमार राई, उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवलगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।


नव प्रवेशिहरूको प्रवेशले जसपाको सिद्धान्त र उद्देश्यप्रति भरोसा र समर्पणलाई अझ मजबुत बनाउने उपमहासचिव एवं संघीय मन्त्री प्रदीप यादवले विश्वास ब्यक्त गरे । 


उनले भने,‘समाज परिवर्तन र समृद्धिको यात्रामा हामीले लिएका कदमहरूमा उहाँजस्तो ऊर्जावान युवा र अनुभवी अनुहारले पार्टी संगठनको निर्माणमा उचाई पाउने छ ।’

 

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार