- विपद् व्यवस्थापन समितिको बैठकले जनकपुरधाम उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु माघ ११ गतेदेखि १३ गतेसम्म दुई दिन जाडो बिदा दिने निर्णय गरेको छ ।
धनुषा : केहि दिनदेखि तराई क्षेत्रमा बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै धनुषाका विभिन्न पालिकाका सामुदायिक विद्यालयहरु बन्द भएका छन् ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरु तीन दिनसम्मका लागि बन्द गरिएको छ । विपद् व्यवस्थापन समितिको बैठकले जनकपुरधाम उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु माघ ११ गतेदेखि १३ गतेसम्म दुई दिन जाडो बिदा दिने निर्णय गरेको छ ।
उपमहानगरका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै विद्यालय बन्द गर्ने जानकारी गराएका हुन् । दुई दिनको जाडो बिदा शैक्षिक क्यालेण्डरमा उल्लेखित वर्षे बिदावाट कट्टा गर्ने व्यवस्था मिलाइएको उनले जनाएका छन् ।
अत्यधिक जाडोको कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै माघ ११ गते शुक्रबारदेखि १३ गते आइतबारसम्म जम्मा २ दिन वर्षे बिदावाट कट्टा हुने गरी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रशासनिक कार्यवाहेक पठन–पाठन बन्द रहने जनाइएको छ ।
त्यस्तै, धनुषाकै सबैला नगरपालिकाले पनि वर्षे विदाबाट कट्टा हुने गरी १५ गतेसम्मका लागि विद्यालयहरुमा विदा दिएको छ । यता धनुषाधाम नगरपालिकाले पनि चिसो मौसम र शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै १३ गते सम्मका लागि विद्यालयहरुमा विदा दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।