ठगिएकालाई न्याय र २४ करोड ६७ लाख बढी राहत दिएको दाबी

२०८१ माघ ११ शुक्रवार
सारांश
  • वैदेशिक रोजगार विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ६ महिनामा प्राप्त गरेको उपलब्धी राख्दै उद्धार, राहतमा पीडितहरुलाई प्राथमिकता दिदै पीडितहरुलाई न्याय दिने काम गरेको बताएका हुन् ।


काठमाडौं :  वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले वैदेशिक रोजगारीमा ठगिएको व्यक्तिहरुको मुद्दा न्याय दिने काम गरेको बताए । 


वैदेशिक रोजगार विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ६ महिनामा प्राप्त गरेको उपलब्धी राख्दै उद्धार, राहतमा पीडितहरुलाई प्राथमिकता दिदै  पीडितहरुलाई न्याय दिने काम गरेको बताएका हुन् ।    


उनले भने, ‘हामीले वैदेशिक रोजगारीमा ठगिएको व्यक्तिहरुको मुद्दामा न्याय दिने काम गरेको छौं । न्याय दिने काम पहिलो प्राथमिकता हो । ६ महिनाको तुलना गर्दा उद्धार तथा राहतमा पीडितहरुलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरामा अहिलेको टिमले काम गरिरहेको छ । विगत ६ महिना पहिले १४ करोड ९१ लाख ८६ हजार राहत तथा क्षतिपूर्ति बापत पीडितले प्राप्त गरेका थिए । अहिले विगतको ६ महिनापछि तुलनागर्दा झण्डै ११ करोड बढी देखिएको छ । २४ करोड ६७ लाख ३२ हजार ६ सय ६० रुपैँया राहत तथा क्षतिपूर्ती बापत पीडितहरुको लागि भनेर विभागबाट उपलब्ध गराएको छौ । कहिलेकाहीं विभागमा न्याय पाइएन भन्दै सन्देश जान सक्छ तर क्षतिपूर्ती भराउने काम गरेका छौ ।’


उनले विगत ६ महिना यता विभिन्न इजाजत प्राप्त संस्थाहरुको अनुगमन गरी कारवाही गरेको पनि बताए ।     


उनले भने, ‘६ महिनामा ५८ वटा इजाजत प्राप्त संस्थाहरुको अनुगमन गरेका छौ । उजुरीसँग जोडिएका बिषयहरु, स्वीकृती नलिइ अन्तरवार्ता लिइरहेका, कतै एक ठाउँको स्वीकृती लिएर अर्कै ठाउको लागि पैसा उठाएका केसहरुको उजुरी आउँदा ५८ वटा संस्थाहरुको अनुगमन गरेका छौ । कारोबार बन्द हुनेगरी ५६ वटा संस्थाहरुलाई कारवाही गरेका छौं ।’ 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार