वैदेशिक रोजगारी : व्यक्तिगत माध्यमबाट जानेको संख्या बढ्यो

२०८१ माघ ६ गते आईतबार
सारांश
  • वैदेशिक रोजगार विभागका पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका थिए । गत वर्षको पुसमा यो संख्या ६५ हजार ८१३ थियो ।

काठमाडौं : वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका थिए । गत वर्षको पुसमा यो संख्या ६५ हजार ८१३ थियो ।


गत आवको सोही अवधिको र चालु आवका अघिल्ला पाँच महिनाका तुलनामा श्रमस्वीकृति लिनेको संख्या घटेको देखिएको हो । त्यसमध्ये व्यक्तिगत रुपमा विदेशिनेको संख्या भने बढेको देखिएको छ ।


व्यक्तिगत तथा अन्य माध्यमबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको हो । व्यक्तिगत रुपमा जानेको संख्या विगत ५ वर्षयता ६ प्रतिशतबाट बढेर २७ पुगेको तथ्यांकले देखाएको छ । 


विभागले सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुसार संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या ६ प्रतिशतले घटेको छ । पछिल्लो अवधिमा मेनपावरमार्फत १३ लाख २ हजार ९१४ विदेश गएका थिए भने व्यक्तिगत रुपमा जानेको संख्या २ लाख ५ हजार ९४५ रहेको छ । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार