नेपाल परिवार दलका पर्सा अध्यक्षसहितका नेताहरु जसपामा प्रवेश
२०८१ माघ ६ गते आईतबार
- संघीय खानेपानीमन्त्री प्रदीप यादवले पर्सामा आयोजित एक कार्यक्रममा भव्य स्वागत गरेकोे मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले जानकारी दिए ।
पर्सा : नेपाल परिवारदलका पर्सा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य पल्टन प्रसाद कुर्मीसहित एकसय जना जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई जसपाका उप–महासचिव समेत रहेका संघीय खानेपानीमन्त्री प्रदीप यादवले पर्सामा आयोजित एक कार्यक्रममा भव्य स्वागत गरेकोे मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले जानकारी दिए ।
नेपाल परिवार दलबाट जसपा प्रवेश गर्ने अन्य नेताहरुमा जिल्ला सचिव सन्तोष पटेल, जिल्ला सहसचिव अमरेश्वर पटेल, वरिष्ठ सल्लाहकार सत्रुधन दुबे तथा राष्ट्रिय सल्लाहकार शिवनाथ राउत रहेका छन् ।
पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री यादवले आफु नागरिकको सेवाका लागि सधै तम्तयार रहेको र आफ्नो उदेश्य देश विकास तथा नागरिकको हित हुने काममा खटिने बताए । उनले भने,‘म नागरिकको सेवामा खटिएको सेवक हुँ, देशको विकास र नागरिकको सेवा गर्नु मेरो पहिलो लक्ष्य हो ।’
जनता समाजवादी पार्टी मधेसका नागरिकको हकहितमा समर्पित रहेकाले आफुहरुले पुरानो पाटी नेपाल परिवारदल छोडेर जसपा प्रवेश गरेको बताएका थिए । पछिल्लो समय उप–महासचिव एवम् मन्त्री यादवको सक्रियतामा मधेसमा जसपा प्रवेश गर्नेको संख्या बढ्दै गइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’