विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

२०८१ माघ ४ गते शुक्रवार
सारांश
  • आज ६ विपक्षी दलहरुको बैठक पश्चात दिउँसो ३ बजे संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

काठमाडौं: संघीय संसदका विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् ।


आज ६ विपक्षी दलहरुको बैठक पश्चात दिउँसो ३ बजे संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । 


विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्यीय कार्यदल बनाएको थियो । 


पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार