भन्सार जाँचपासको विषयमा सरकारले प्रष्ट पार्नुपर्छ : वर्षमान पुन
२०८१ माघ २ गते बुधवार
- आज बसेको उक्त अर्थ समितिको बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले भन्सार जाँचपास प्रतिनिधिको विषयमा सरकारले प्रष्ट पार्नुपर्ने बताएका छन् ।
काठमाडौं : बुधबार बसेको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा छलफल गरेको छ ।
आज बसेको उक्त अर्थ समितिको बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले भन्सार जाँचपास प्रतिनिधिको विषयमा सरकारले प्रष्ट पार्नुपर्ने बताएका छन् । उनले भन्सार जाँचपास प्रतिनिधिको अप्ठ्यारा चुनौती र विधेयक नपुगेको ठाउँमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘भन्सार जाँचपास प्रतिनिधिका विषयमा सरकारले छलफल गरेर प्रष्ट पार्नुपर्ने छ । भन्सार जाँचपास प्रतिनिधिको अप्ठ्यारा चुनौति र विधेयक नपुगेको ठाउँमा हामी ध्यानाकर्षण गराउन चाहन्छौँ । नयाँ साथीहरुले काम नपाउने, व्यवहारिक समस्या धेरै नै छन् ।’
यसैगरी उनले छलफल भइरहेको विधेयक सरकारले अध्यादेश मार्फत ल्याएको भन्दै ध्यानाकर्षण गराए ।
पुनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयकको रूपमा समितिमा छलफल भइरहेको बेला सरकारले अध्यादेश ल्याएको बताए ।
उनले भने, ‘छलफल भइरहेको विधेयक फिर्ता लिएर अध्यादेश ल्याउन मिल्ने थियो। तर, फिर्ता नगरी सरकारले छलफल भइरहेको विधेयक अध्यादेश आयो । सरकारले प्रक्रिया पूरा गरेर अध्यादेश पाउँछ । सरकारले प्रक्रिया मिचेर काम गर्न मिल्दैन ।’
यसैगरी उक्त समितिमा रास्वपाका सांसद स्वर्णिम वाग्ललेले भन्सारमा धेरै विकृति र वेतिथी रहेको बताए । उनले अरु देशको उत्पादनसँग मात्र जोडिएर नहुने बताए।
उनले भने, ‘भन्सारमा यत्रो विकृति र वेतिथी छ । यसले गर्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन । उत्पादनका वस्तुहरु आइरहेका छन् । तर अरु देशको उत्पादनसँग मात्र जोडिएर हुने अवस्था छैन । नेपालमा प्रतिस्पर्धी कुराहरु धेरै नै साँघुरा छन् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।