पृथ्वी जयन्ती मनाउन पनि राजनीतिक सौदाबाजी गर्नुपर्ने अवस्था आयो: अध्यक्ष लिङ्देन
२०८१ पुष २५ गते विहिवार
- देशको निर्माणमा पृथ्वी नारायण शाहको नेतृत्व र सबै पुर्खाको योगदान रहेको भन्दै अहिले गलत व्याख्या गर्ने र विभाजित गर्ने प्रयासहरु भइरहेको बताए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती मनाउन पनि सौदाबाजी गर्नुपर्ने अवस्था रहेको बताएका छन् । उनले प्रधानमन्त्री बनाउन सहयोग गर्छौं पृथ्वी जयन्ती चाँही मनाऔं भन्नुपर्ने अवस्था आएको बताएका हुन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘नेपाल र नेपालीको पहिचानमा पृथ्वीनारायण शाहको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले क्यालेन्डरमा लेख्न लगाए पनि सरकारले पृथ्वी जयन्तीको अवसरमा एउटा औपचारिक कार्यक्रम गर्ने हिम्मत समेत नगरेको बताए । उनले यस्तो हिनताबोध गर्ने व्यतिmहरुबाट देशको संरक्षण नहुने भन्दै आक्रोश पोखे ।
उनले भने,‘नेपाल भन्ने देश नभएको भए आज रामचन्द्र पौडेल कहाँको राष्ट्रपति हुनुहुन्थ्यो ? केपी शर्मा ओली कुन देशको प्रधानमन्त्री हुनुहुन्थ्यो ? शेर बहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो अब छैठौं र सातौं पटकको लागि पर्खेर कुन देशको लागि प्रधानमन्त्री हुन बस्नुहुन्थ्यो होला ? तर पृथ्वी जयन्ती मनाउन प्रधानमन्त्री बनाउँछौं, सहयोग गर्छौं पृथ्वी जयन्ती चाँही मनाउनु पर्छ है भनेर सौदाबाजी गर्नु पर्ने अवस्था छ । क्यालेन्डरमा त लेख्न लगाइयो तर आज सरकारले पृथ्वीजयन्तीको अवसरमा एउटा औपचारिक कार्यक्रम गर्ने हिम्मत समेत गरेको छैन् । यस्तो हिनताबोध गर्ने व्यतिmहरुबाट मुलुकको संरक्षण कसरी हुन सक्छ ?’
त्यस्तै उनले देशको निर्माणमा पृथ्वी नारायण शाहको नेतृत्व र सबै पुर्खाको योगदान रहेको भन्दै अहिले गलत व्याख्या गर्ने र विभाजित गर्ने प्रयासहरु भइरहेको बताए ।
पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने र पृथ्वीनारायण शाहलाई आदर्श पुरुषको रुपमा मान्ने कुरामा कुनै हिनताबोध गर्न नहुने उनको भनाई छ ।
त्यस्तै उनले नेपाली राजनीतिमा क्रियाशील व्यक्तिहरुले पृथ्वीपथलाई आफ्नो पथ ठानेर हिडेको भन्दै पृथ्वीनारायण शाह नभएको भए आज नेपाल भन्ने राष्ट्र आफ्नो परिचयपनि पाउने नसक्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।