राप्रपाले पृथ्वी जयन्ती भव्य रुपमा मनाउने

२०८१ पुष ६ गते शनिवार
सारांश
  • पृथ्वी जयन्तीलाई व्यवस्थित बनाउन अन्य विभिन्न उपसमितिहरू गठन गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आज बसेको बैठकले आगामी पौष २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तिका दिनलाई भव्यताका साथ उत्सवका रुपमा मनाउने निर्णय गरेको छ।

 

पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो।

 

पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै १० बुदे निर्णय सार्वजनिक गरेको छ।  प्रथम बुदामा आगामी पुष २७ गतेको पृथ्वी जयन्ति भव्य रुपमा मनाउने सम्बन्धी निर्णय उल्लेख गरिएको छ।  

 

पृथ्वी जयन्तीलाई भव्य रुपमा मनाउन अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा मूल समिति गठन गरिएको छ।  समितिमा पार्टीका पुर्व अध्यक्षहरू, पुर्व प्रधानमन्त्री, कार्यसम्पादन समितिका सदस्यहरू, पदाधिकारी तथा केन्द्रिय सदस्यहरू, प्रतिनिधिसभा तथा प्रदेश सभाका सांसदहरू, सबै प्रेश कार्य समितिका अध्यक्षहरू एवं वागमती प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, केन्द्रिय सल्लाहकारहरू, विभागीय प्रमुखहरू, भातृ संगठनका अध्यक्ष, केन्द्रिय सदस्यहरू लगायत उपत्यका र नगरका सबै सदस्यहरू र निर्वाचित प्रतिनिधिहरू सदस्य रहने छन्।  

 

साथै समितिमा मुख्य सचिव केदार बहादुर अधिकारीलाई सदस्य सचिवको जिम्मेवारी प्रदान गरिएको छ।

 

पृथ्वी जयन्तीलाई व्यवस्थित बनाउन अन्य विभिन्न उपसमितिहरू गठन गरिएको छ।  यसका साथै पृथ्वी जयन्तीलाई विविध कार्यक्रम गरी भव्य रुपमा मनाउन जिल्ला कार्य समितिहरूलाई निर्देश गरिएको छ।  

 

विज्ञप्तिमा पार्टीको सामाजिक संजाल रणनीतिको माध्यमबाट पार्टिलाई संगठित र व्यवस्थित गर्ने कुरा समेत उल्लेख गरिएको छ।  

 

साथै राप्रपाको आज बसेको बैठकले हालै सम्पन्न स्थानीय निकायको उपनिर्वाचनको गम्भीर समिक्षा समेत गरेको जनाएको छ।  विज्ञप्तिमा भनिएको छ प्राप्त परिणामबाट कमीकमजोरीमा सुधार सुधार गर्ने, पार्टि निर्माणको अवसरको रुपमा सदुपयोग गर्ने र सबै तहका पार्टी संगठनलाई चुस्त दुरुस्त र चलायमान बनाउने निर्णय समेत गरेको छ।  

 

पार्टीले काठमाडौँमा स्वास्थ्योपचार गरिरहेका सांसद दिपक बोहोरा र भारतमा उपचार गराईरहेका डा. धवल शमशेर राणाको स्वास्थ्यलाभको समेत कामना समेत गरेको छ।  

 

राप्रपा कार्यसम्पादन समितिको अर्को बैठक पौष ९ गते मंगलवार बस्ने विज्ञप्तिमा उल्लेख छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार