यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’
२०८१ पुष ५ गते शुक्रवार
- बलिङतर्फ नेपालका कप्तान अभिषेक तिवारी र अफरुद्दिन रेनले समान दुई/दुई विकेट लिए । राजेश बोहरा, दीपक सेराला र सन्तोष यादवले समान एक/एक विकेट हात पारे ।
काठमाडौँ, ५ पुसः हङकङविरुद्धको यु–१९ एकदिवसीय क्रिकेट शृङ्खलामा नेपालले ‘क्लिनस्विप’ गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको अन्तिम एकदिवसीय खेलमा हङकङलाई एक सय ३० रनले पराजित गर्दै नेपालले शृङ्खलामा क्लिनस्विप गरेको हो । आज नेपालले दिएको दुई सय ६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ३५ रन जोड्न सक्यो ।
हङकङका लागि प्रित माङ्गुकियाले अविजित रहँदै अर्धशतकीय पारि खेले । उनले ८७ बलमा सात चौकाको मद्दतले ५५ रन बनाए । अब्दुल समदले २३ र कप्तान शिव माथुरले १९ रन जोडे । उनीहरूबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
हङकङका लागि आरेज दारले सात, शायन पुरीले अविजित रहँदै पाँच, डेनियल मापले चार, विल वाल्शले तीन, तरण लौङ्गानीले दुई र म्याथ्यू जेम्स क्लेटनले एक रन बनाए । यो खेलमा हङकङले अतिरिक्त पाँच रन पाएको छ ।
बलिङतर्फ नेपालका कप्तान अभिषेक तिवारी र अफरुद्दिन रेनले समान दुई/दुई विकेट लिए । राजेश बोहरा, दीपक सेराला र सन्तोष यादवले समान एक/एक विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई ५५ रन बनाएको थियो । नेपालले पहिलो खेलमा हङकङलाई तीन विकेटले र दोस्रो खेलमा दुई सय २६ रनले पराजित गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
-
अर्थमन्त्री डा. वाग्ले आज बैंकक जाँदै
-
मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ
-
स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
-
ममाथि हुने छानबिनको लागि सघाउन तयार छु- खगेन्द्र सुनुवार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’