विश्व हिन्दु महासंघको अधिवेशन: हिन्दु अभियान्ता र गुरूहरूको असन्तुष्टि
२०८१ मंसिर ३० गते आईतवार
- अस्मिता भण्डारीले एकलौटि ढंगले जनकपुरमा अधिवेशन गरी आफुलाई अध्यक्ष घोषित गरेकोमा धार्मिक क्षेत्रका अगुवाहरू यसलाई मान्यता दिन नहुने बताईरहेका छन्।
काठमाडौं: विश्व हिन्दु महासंघको १० औं अधिवेशन नगरी कार्यवाहक अध्यक्ष टिका देवी भण्डारीले आफूखुशी अधिवेशन गरेको भनि हिन्दु अभियान्ता र धार्मिक सन्त समाज रुष्ट देखिएका छन्।
अधिवेशनका सम्बन्धमा विवाद निस्किएपछि उच्च अदालत पाटनमा मुद्धा परेको थियो। अदालतबाट सुनुवाई भई अदालतको मर्मबमोजिम काठमाडौं जिल्ला प्रशासन कार्यालयले १० औं अधिवेशन गर्नका लागि मिति समेत निश्चित गरि पत्र काटेको थियो। तर अस्मिता भण्डारीले एकलौटि ढंगले जनकपुरमा अधिवेशन गरी आफुलाई अध्यक्ष घोषित गरेकोमा धार्मिक क्षेत्रका अगुवाहरू यसलाई मान्यता दिन नहुने बताईरहेका छन्।
महासम्मेलनका सम्बन्धमा उच्च अदालत पाटनको मुद्धा न ०७९-Wo-११४३७ को निषेधाज्ञा समेतको रिट निवेदनमा मिति २०८०/०८/०६ को फैसला बमोजिम १० औं महासम्मेलनबट मनोनयन गरिएको कार्यवहाक अध्यक्ष टिका देवी भण्डारी (अस्मिता) को नेतृत्वमा यथासक्य छिटो निर्वाचन गराई संस्थाको जीवन्तता प्रदान गर्नका लागि कानुनबमोजिम १० औं महाधिवेसन काठमाडौंमा गर्न जिल्ला प्रशासन कार्यालयको पत्रमा उल्लेख छ । तर टिका देवी भण्डारी (अस्मिता) ले २८ गते शुक्रबार जनकपुरमा अधिवेशन गरी आफुलाई निर्विरोध अध्यक्ष घोषित गरिन।
अध्यक्षका दावेदार व्यासाचार्य गुरू किशोर गौतम भन्नुहुन्छ, "मलाई समेत यस अधिवेशनका बारेमा खबर नै गरिएन, साथै देशका कुनै पनि धार्मिक संघ संस्थाहरूलाई कुनै जानकारी गरिएन।" उहाँ भन्नुहुन्छ "१० औं अधिवेशन काठमाडौँमा गर्नका लागि जिल्ला प्रशासन कार्यालयले निर्देशन गरेकोमा त्यसको विपरित यस अधिवेशन भएको हुनाले यसलाई धार्मिक संघ संस्थाले मात्रै होइन कानुनि रुपले समेत मान्य हुने छैन।"
धार्मिक क्षेत्रको नेतृत्व सहि व्यक्तिको हातमा नहुँदा र यसरी कुनै व्यक्तिहरूले मनोमानी ढंगले धार्मिक संघठन संचालन गर्न खोज्दा हिन्दु राष्ट्रको माग ओझेलमा परेको धार्मिक अभियान्ताहरूको ठहर छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।