- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच छलफलको तयारी छ।
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच छलफलको तयारी छ।
यसअघि सोमबार पनि छलफल गरेका ओली र देउवाले आज मंगलबार पनि छलफल गर्न लागेको निकाट स्रोतले जनाएको छ ।
आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ। स्रोतका अनुसार उक्त बैठकअघि यी दुई नेता भेटेर छलफल गर्ने तयारीमा छन्। यद्यपि, छलफलको विषय र समय भने खुलाइएको छैन।
यसअघि सोमबार भएको छलफलमा प्रधानमन्त्रीको चीन भ्रमण र मन्त्रिपरिषद्को फेरबदललगायतका विषयलाई प्राथमिकता दिइएको थियो।
स्रोतका अनुसार प्रधानमन्त्री ओली र देउवा मन्त्रीहरू फेरवदलको तयारीमा छन्। यी दुईबीचको बाक्लिएको भेट यसै विषयमा केन्द्रित हुनसक्ने आँकलन गरिकएको छ।
कांग्रेस सभापति देउवाले आज बिहान बूढानीलकण्ठमा कांग्रेसका महामन्त्री द्वय: विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गरेका थिए।
यता, प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीको ‘कम्बोडियामा लगानी रहेको’ भन्ने मेडिकल व्यावसायी दुर्गा प्रसाईँको अभिव्यक्तिले पनि यतिबेला राजनीतिक बृत तातेको छ। यद्यपि, एमालेका नेताहरूले सो कुरा भ्रामक रहेको भन्दै प्रसाईँलाई कारवाहीको माग गरिरहेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’