इजरायलबाट नेपालमा रकम पठाउँदा वैधानिक माध्यम प्रयोग गर्न दूतावासको आग्रह
२०८१ मंसिर २ गते, आइतवार
- इजरायलमा रहेको नेपाली राजदूतावासले रोजगारीका क्रममा इजरायलमा रहेका नेपालीहरुलाई वैधानिक माध्यमबाट मात्रै रकम नेपाल पठाउन आग्रह गरेको छ।
काठमाडौँ – इजरायलमा रहेको नेपाली राजदूतावासले रोजगारीका क्रममा इजरायलमा रहेका नेपालीहरुलाई वैधानिक माध्यमबाट मात्रै रकम नेपाल पठाउन आग्रह गरेको छ।
इजरायलबाट नेपालमा आफ्नो कमाइ पठाउनका लागि वैधानिक माध्यम हुँदाहुँदै हुण्डी, सापटी, ढुकुटीलगायतबाट रकम पठाउने गरिएको भन्दै दूतावासले चिन्ता व्यक्त गरेको छ।
हुण्डीलगायतका जोखिमपूर्ण कारोबार नगर्न दूतावासले अनुरोध गरेको छ।
दूतावासले भनेको छ, ‘इजरायलमा विभिन्न रोजगार गरी बस्नुभएका नेपाली समुदायहरुलाई आफ्नो परिश्रमको कमाइ उचित वैधानिक माध्यमबाट आफ्नो देश पठाइ विभिन्न खाले जोखिमहरुबाट टाढा रहन र हुण्डी कारोवारहरुबाट सिर्जित व्यक्तिगत लेनदेनका विषयहरुमा दूतावासमा नियमितजस्तो गुनासाहरु आइरहेको हुँदा कुनै पनि विचौलियाहरुको मिठो बोली र क्षणिक विश्वासमा नपर्न हुन सबै प्रवासी नेपालीहरुमा यस राजदूतावास विशेष अनुरोध गर्दछ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’