डेंगुले गण्डकीकी सांसद गौचनको निधन

२०८१ कात्तिक २९
सारांश
  • पोखरा- गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । डेंगु भएपछि गौचनको उपचारको क्रममा निधन भएको हो ।

पोखरा- गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । डेंगु भएपछि गौचनको उपचारको क्रममा निधन भएको हो ।

 

६३ वर्षीया उनको बुधबार राती १ बजेर ४५ मिनेटमा काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

गएको शुक्रबार डेंगुको लक्षण देखिएपछि उनलाई ग्रिनसिटी हस्पिटल लगिएको थियो । इर्मेजेन्सीमा उपचारपश्चात सोहीदिन काठमाडौंको घरमा ल्याइयो ।

 

शुक्रबार डेंगीले च्यापेपछि उनलाई फेरी ग्रिनसिटी नै पुर्याइयो । ग्रिनसिटीबाट त्यही दिन ग्रान्डी लगेको पारिवारिक स्रोतले जनाएको छ ।

 

उनी नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद भएकी हुन् । २०१८ मंसिर १८ गते मुस्ताङको थसाङ गाउँपालिकामा जन्मिएकी गौचन नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

 

उनी पर्यटन व्यवसायीसमेत थिइन् ।


गौचनका एक छोरा र छोरी छन् । छोरा अमेरिकामा रहेकाले उनी फर्किएपछि दाहसंस्कार गरिनेछ । म्याग्दीमै ल्याएर दाहसंस्कार गर्ने परिवारको तयारी छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार