उद्योगीलाई बिधुत प्राधिकरणको ताकेता - विद्युत् महसुल मंसिर १२ गतेभित्र बुझाउनू
२०८१ कात्तिक २९ विहिबार
- उद्योगीले मंसिर १२ गतेभित्र बाँकी रहेको बक्यौता तिर्नुपर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले दिएको १५ दिने समयसीमा मंसिर १२ मा सकिँदैछ ।
काठमाडौं । उद्योगीले मंसिर १२ गतेभित्र बाँकी रहेको बक्यौता तिर्नुपर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले दिएको १५ दिने समयसीमा मंसिर १२ मा सकिँदैछ ।
मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठक र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औँ बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको थियो ।
सोही निर्णयअनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन प्राधिकरणले भनेको छ ।
मंसिर १२ गते भित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने चेतावनी प्राधिकरणले दिएको छ ।

सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’