- बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणमा बयानका रुपन्देही ल्याएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज बुधबार पनि बयान लिइँदै छ ।
दाङ- बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणमा बयानका रुपन्देही ल्याएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज बुधबार पनि बयान लिइँदै छ ।
पोखराबाट भैरहवा ल्याएका गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्धक लामिछानेको मंगलबार ५ घण्टा बयान लिएको थियो । रुपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालका अनुसार बुधबार बिहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा बयान लिइँदै छ ।
सम्भवत बुधबार लामिछानेको बयान सकेर पोखरा पठाउने रुपन्देही प्रहरीको तयारी छ ।
मंगलबार बयानमा लामिछानेले इन्कारी बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक प्रहरी अधिकारीका अनुसार रविले आफ्नो नाम लेखेर कसले पैसा जम्मा गरिदियो भन्ने थाहा नभएको बताएका छन् ।
‘म सुप्रिमको सदस्य पनि होइन, ऋणी पनि होइन, कसले मेरो नाम लेखेर बैंकमा रकम जम्मा गरिदियो, त्यो मलाई थाहा भएन,’ रविले बयानमा भनेको कुरा उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने ।
सुप्रिमबाट वि.स.२०७७ चैत १८ मा रविका नाममा मात्रै दुई करोड रूपैयाँ गएको देखिन्छ । रविले आफ्नो नाममा त्यसरी रकम आएको कुरालाई इन्कार गर्दै आएका छन् । रवि सूर्यदर्शन सहकारी ठगीसँगै, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते मुद्दामा कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
कार्तिक २ गते पक्राउ परेका लामिछानेलाई आइतबार अदालतले रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।