कांग्रेस एमालेको सरकार खरानीको डल्लो होइन, ८४ अघि टुट्दैन : प्रधानमन्त्री ओली

२०८१ असोज ३०, बुधबार
सारांश
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस एमालेको गठबन्धन २०८४ सालको चुनाव गराएर मात्रै टुट्ने दाबी गरेका छन्।

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस एमालेको गठबन्धन २०८४ सालको चुनाव गराएर मात्रै टुट्ने दाबी गरेका छन्।

 

उनीले दसैँ लगत्तै सरकार फेरिँदै छ भनेर चलाइएको हल्ला निराधार भएको दाबी गर्दै झण्डै दुई तिहाइको सरकार आलोपालो गरेर २०८४ सम्मै जाने बताएका हुन्। बुधबार ६९औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले सरकार परिवर्तनको हल्लाको पछि नलाग्न आग्रह गरे।

 

‘सबैलाई आवस्त रहन पनि आग्रह गर्दछु। कुनै भ्रममा नपर्न आग्रह गर्दछु। अहिले दिनै पिच्छे सरकार परिवर्तन हुन्छ भन्ने कुरा सुनिन्छ। दसैँपछि तुरुन्तै परिवर्तन हुन्छ रे, कुन दसैँ भनेको? २०८४ सालको चुनावपछिको दसैँमा ठीकै हो, ओलीले अगाडि भने, ‘त्यसभन्दा यता मैंले पहिल्यै भनिसकेको छु। म एक वर्ष ९ महिना जति र त्यसपछि शेरबहादुरजीलाई सरकार हस्तान्तर हुन्छ।’

 

अप्रासंगिक ठाउँमा राजनीतिक भाषण गरेका ओलीले दुई ठूला दलको सरकारलाई निष्कर्षमा पुर्याएर मात्रै छाड्ने उल्लेख गरे। २०८४ को चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने ओलीको दाबी छ। उनले भने, ‘उहाँले सरकारको नेतृत्व गरेर चुनाव गराउन ुहुन्छ। यस कुरामा सबै ढुक्क भए हुन्छ। नेपालको इतिहासमा सबैभन्दा बढी योगदान गरेका दल मिलेर अहिले सरकार चलाइ रहेका छन्। र सरकार लभगभ दुई तिहाइको छ भन्ने कुरा सबैमा हेक्का रहोस्।’

 

उनले अहिलको कांग्रेस एमालेको सरकार खरानीको डल्लो नभएको समेत जिकिर गरे। ‘यो खरानीको डल्लो होइन। यो सरकार कांग्रेस एमाले जस्ता ठूला दल मिलेर बनेको हो, ओलीले भने।

 

प्रधानमन्त्री ओलीले संसदको आउँदो अधिवेशनबाट प्रहरी सम्बन्धी कानुन संशोधन गर्ने प्रतिबद्धता जनाए। ओलीले भने, ‘प्रहरी सम्बन्धी कानुनलाई संसदको आउँदो अधिवेशनबाट कानुन सुधार गरिनेछ। त्यसले प्रहरीमा नयाँ दिनको सुरुवात गर्नेछ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार