तिथिमा अलमलिए ज्योतिषहरू, आज कुष्माण्डा देवी कि देवी स्कन्दमाताको पुजा ?

२०८१ असोज २१ गते, सोमबार
सारांश
  • नवरात्र पर्व दिनलाई प्रधान मानेर क्रमिक रूपमा एक एक दिन एक एक देवीको पूजा गर्नु नै उचित र शास्त्रसम्मत मानिएको छ।

नवरात्र भन्ने वित्तिकै नौं दिनको दुर्गा साधना भन्ने आम वैदिक सनातनीहरूको बुझाई छ। तथापि कहिलेकाही ज्योतिषहरू तिथि घटबढ भएको कुरा गर्छन र एकै दिन दुई कार्य वा एकै कार्य दुई दिन गर्ने जस्ता समाधान दिने गर्छन। यसवर्षको नवरात्रमा "चतुर्थी बढेको" र "नवमी टुटेको", जसले गर्दा चतुर्थिमा गर्नुपर्ने कार्य दुई दिन लगाएर गर्नुपर्ने र महाअष्टमी र महानवमी एकै दिन गर्नुपर्ने समाधान दिईयो।  

 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार आज पनि कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनायो । आज बिहान ०६: १६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको बताएका छन्।

 

तर यसो हुँदा आम सर्वसाधारण देखि ठुला शक्तिपिठहरूका पूजारीहरू समेत अलमलिएका छन्। मन्दिरको अनुष्ठानमै समेत अप्ठ्यारो भएको बताएका छन्।  

 

यस सन्दर्भमा ज्योतिषाचार्य प्रमोदबर्धन कौडिन्यायन भन्नुहुन्छ "नवरात्र पर्व दिनलाई प्रधान मानेर क्रमिक रूपमा एक एक दिन एक एक देवीको पूजा गर्नु नै उचित र शास्त्रसम्मत मानिएको छ।"

 

उहाँ भन्नुहुन्छ "अहोरात्रात्मक वैदिक तिथिअनुसार पञ्चमी हो र आज स्कन्दमाताको पूजा गर्नुपर्छ। धेरै दिन लगाएर गरिने पर्वमा तिथिको घटबढलाई नलिई दैनिक क्रमिक अनुष्ठानलाई नै जोड दिनुपर्ने बताईन्छ। यसो गर्दा सप्तमी अष्टमी नवमीको अनुष्ठान पनि २३, २४, २५ गते क्रमशः पर्छ र पूजामा समस्या पर्दैन। चतुर्थी बढेको भनी एउटै पूजा दुई दिन गर्ने र नवमी टुटेको भनी महाअष्टमी र महानवमी एकै दिन गर्ने भन्दा अनुष्ठानमा धेरै नै समस्या पर्ने कुरा ठुला मन्दिरका पुजारीहरूले पनि बताइरहनुभएकाे छ।"

 

हाम्रो पात्र बनाउने समयमा नै आवश्यक छलफल पर्याप्त मात्रामा नहुने गरेको चर्चा पनि सुनिन्छ यस सन्दर्भमा आचार्य भन्नुहुन्छ "काठमाडौँ उपत्यकाका परम्परागत वैदिक पुजारीहरूले यो माग गरिरहेका छन् तर उहाँहरूको कुरा सुनिएको छैन। नेपालको विशेषता र प्राचिन वैदिक परम्परा अनुसार चलेको कुराहरूलाई समन्वयमा राखेर पात्रो निकाल्नुपर्नेमा त्यहि खालि गणितको भर परेर र पछाडिको कुरालाई समातेर मात्रै पात्रो निकालेको हुनाले यो मिलेको छैन। त्यसैले हाम्रो परम्परा समातेर पात्रो निकाल्यो भने उचित हुन्छ, यसमा राष्ट्रिय पञ्चाङ्ग निर्णायक विकास समिति र संस्कृती मन्त्रालयको ध्यान जानुपर्छ।"

 

यसर्थ आम सर्वसाधारण अलमलिने त भैहाले यसका साथसाथै मन्दिरका पुजारीदेखि ज्योतिषहरू पनि अलमलिएका छन्। यसो नहोस भन्नका लागि पात्रो प्रकाशित गर्ने समयमा पर्याप्त समन्वय, रैथाने प्रचलनहरू समेतलाई ध्यान दिनुपर्ने देखिन्छ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार