- विद्यालय जाँदै गर्दा ट्याक्टरको ठक्करले तनहुँमा एक बालकको मृत्यु भएको छ।
- सोमबार बिहान व्यास नगरपालिका–१ गल्बुवेशीमा ट्याक्टरले ठक्कर दिएर आठ वर्षीय बालकको मृत्यु भएको हो।
पोखरा- विद्यालय जाँदै गर्दा ट्याक्टरको ठक्करले तनहुँमा एक बालकको मृत्यु भएको छ।
सोमबार बिहान व्यास नगरपालिका–१ गल्बुवेशीमा ट्याक्टरले ठक्कर दिएर आठ वर्षीय बालकको मृत्यु भएको हो।
दमौलीबाट सिमेन्ट रड लिएर गएको ट्याक्टरले विद्यालय जाँदै गरेका एक बालकलाई ठक्कर दिँदा उनी घाइते भएका थिए। घाइते उनको उपचारका लागि रत्नहरि मेमोरिय अस्पताल दमौली पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
उनी दिदीसँगै विद्यालय जाँदै थिए। ज्ञानगंगा बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले बताए। मृतकको परिवारले जाहेरीसमेत दर्ता गराइसकेको छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’