- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छन्। परराष्ट्रमन्त्री राणा कतारको दोहामा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा भाग लिई शुक्रबार अपराह्न स्वदेश फर्किएकी हुन्।
काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छन्। परराष्ट्रमन्त्री राणा कतारको दोहामा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा भाग लिई शुक्रबार अपराह्न स्वदेश फर्किएकी हुन्।
क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा बैठकबाट सो सम्मेलनमा सहभागिता जनाउन परराष्ट्रमन्त्री राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेकी थिइन्।
आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको परराष्ट्रमन्त्री राणाले बताइन्।
उनले भने, ‘कतारमा एशिएन कोअपरेटिभ डायलग थियो। त्यसमा २ वटा इस्यु थियो–एउटा एआईकै इस्यु थियो। त्यसमा अन्तराष्ट्रिय जगतले नै चासो देखायो। यी कुराहरुलाई हामीले राख्यौँ त्यहाँ। वर्ल्ड पिस, एशियामा भइरहेको लडाइँका विषयमा पनि कुरा भयो। त्यहाँ स्पोर्टस् डिप्लोमेसीको कुरा पनि थियो।
त्यसमा मैले नेपालमा माउन्टेरिङ र वाटर र्याफ्टिङको एकदमै सम्भावना छ, हामी त्यसमा लिडरसिप लिनसक्छौँ भन्ने कुरा राखेर आएको छु। एउटा मलाई एकदमै राम्रो के लाग्यो भने जुनै देशमा जाँदा पनि नेपालीलाई राम्रो भनेको पाइयो। नेपालको इमेज बढाउन, नेपालमा इन्भेष्टमेन्ट ल्याउन, नेपालको विकास गर्ने काममा लागि यो भ्रमण सफल भएको छ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’