माथिल्लो तामाकोशीमा पहिरो : चार जनाको अवस्था अझै अज्ञात

२०८१ असोज १३, आईतबार
सारांश
  • माथिल्लो तामाकोशीमा पहिरो : चार जनाको अवस्था अझै अज्ञात

दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा पहिरोले पुरिएका चार जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

 

शनिबार बिहान गेटहरु कन्ट्रोल गर्नका लागि बनाइएको दुई तले भवन माथिबाट खसेको पहिरोले भत्किँदा दुई जना नेपाली सेना र दुई जना जलविद्युत् आयोजनाका कर्मचारीहरु पुरिएका थिए ।

 

पहिरो गएको स्थानमा उद्धार टोली पुग्न पनि नसकेको र चार जनाको अवस्था पनि थाहा हुन नसकेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।

 

‘हिजो बिहान साढे १० बजेतिर कर्मचारीहरुको सिफ्ट चेन्ज भएको थियो । ११ बजेतिर घटना भयो,’ गौतमले भने, ‘नेपाली सेनाका दुई जना र गेट-खोल्ने बन्द गर्ने कामका लागि करार सेवामा कार्यरत दुई जना कर्मचारीहरु पहिरोमा पुरिए ।’ सुरुमा एक जना सुरक्षा गार्ड पनि पहिरोमा परेको भनिए पनि अहिले सुरक्षा गार्ड पहिरोमा नपरेको खुलेको पनि गौतमले बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार